काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ। यी दुई टोलीबीचको खेल अहिले बिहान सवा ९ बजे मूलपानी क्रिकेट मैदानमा शुरु हुनेछ ।
कर्णालीले टस जितेर पहिले ब्याटिङ रोजेको छ। जारी प्रतियोगितामा अपराजित पुलिस क्लब ५ खेलमा १० अंक जोडेर शीर्ष स्थानमा छ । कर्णाली भने ६ खेलबाट ६ अंकसहित सातौँ स्थानमा छ।
यसअघि बिहीबार भएका खेलमा बागमती प्रदेशले सुदूरपश्चिमलाई ९७ रन, मधेशले गण्डकीलाई १४५ रन र एपीएफले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गरेका थिए ।
प्रकाशित मिति : शुक्रबार, माघ १२ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्