पश्चिम तराईमा दिउँसाे पनि बाक्लो हुस्सु र कुहिरो

पश्चिम तराईमा दिउँसाे पनि बाक्लो हुस्सु र कुहिरो

बुटवल

पश्चिम तराईमा अहिले पनि बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ ।

 

पूर्वी तराईमा बिहान लागेको बाक्लो हुस्सु तथा कुहिरो दिउँसोपछि केही खुलेको भए पनि पश्चिम तराईमा भने कायमै रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए । पूर्वी तराईको मौसम बेलुकासम्म सुधार हुँदै जाने महाशाखाले जनाएको छ । पश्चिम तराईमा भने बेलुकासम्म नै हुस्सु लाग्ने सम्भावना छ ।

 

तराईमा लामो समयदेखि लागिरहेको बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भएको छ । तीव्र गतिको हावा नचलेको र पानी नपरेकाले निरन्तर हुस्सु कुहिरो लागेको मौसमविद् झाले बताए ।

 

यसैबीच आज काठमाण्डौमा यस वर्षकै सबैभन्दा धेरै चिसो भएको छ । आज बिहान पौने ९ बजे काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र तराईमा बाक्लो हुस्सु र कुहिरो लागेका कारण काठमाण्डौ उपत्यकासहित देशभरी नै चिसो बढेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, माघ १३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij