अरुण चौधरीसहित तीन जनालाई दुई दिनभन्दा धेरै हिरासतमा नराख्न अदालतको आदेश

अरुण चौधरीसहित तीन जनालाई दुई दिनभन्दा धेरै हिरासतमा नराख्न अदालतको आदेश

काठमाण्डाै – जिल्ला अदालत काठमाण्डौले बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका अरुण चौधरीसहित तीन जनालाई दुई दिनभन्दा धेरै हिरासतमा नराख्न आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले हिजो उनीहरु तीनै जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिनुभयो ।

व्यवसायी अरुण चौधरी, बाँसबारी छालाजुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सीका सञ्जय ठाकुरलाई थप दुई दिन हिरातमा राख्न अनुमति दिएको हो । जग्गा प्रकरणमा सीआईबीले उनीहरुलाई माघ १८ गते पक्राउ गरेको थियो । यसअघि प्रहरीले हिरासतमा राख्न अनुमति लिएको चार दिनको म्याद सकिएपछि हिजो जिल्ला अदालत काठमाण्डौमा पेस गरिएको थियो ।

पक्राउ परेकाहरुबाट थप बुझ्नुपर्ने वा कागज गराउनुपर्ने भएमा त्यसअगावै पनि अनुसन्धान अधिकारीले हाजिर जमानीमा छाड्न सक्ने र त्यसो नभएमा म्याद थप भएको दुई दिनभित्र बुझ्नुपर्ने बाँकी काम सक्ने र नसकिएमा अनुसन्धानमा सहयोग गर्ने कागज गराइ हाजिर जमानीमा छाड्न आदेश दिइएको छ ।

स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै उनीहरु अहिले ग्राण्डी अस्पतालमा उपचाररत छन् ।

प्रकाशित मिति : मंगलबार, माघ २३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij