बुद्ध सामुदायिक टेलिभिजनको १४ औं वार्षिक साधारणसभा सम्पन्न

बुद्ध सामुदायिक टेलिभिजनको १४ औं वार्षिक साधारणसभा सम्पन्न

बुटवल । बुटवलमा संचालित बुद्ध सामुदायिक टेलिभिजन समुदायकै लगानीमा सञ्चालित टेलिभिजन भएकाले समुदायमा नै आधारित भएर पत्रकारिता गर्नको लागि एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताए । शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १४ औं वार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले आर्थिक संकटको अवस्थामा पनि बुद्ध सामुदायिक टेलिभिजनले समुदायसंगै रहेर समाजिक उत्तरदायित्ववोध पूरा गरिरहेको बताए । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुद्ध सामुदायिक टेलिभिजन गैरनाफामूलक टेलिभिजन भएकाले समुदायमा नै रहेर पत्रकारिता गर्नको लागि आग्रह गरेका छन् । पाण्डेयले मिडिया र मिडियाकर्मीको प्रोत्साहनको लागि उपमहामनगरपालिकाले सहयोग र समन्वयन गर्दै आएको बताए ।

बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले टेलिभिजन देशैभर प्रसारणमा रहेपनि अहिले लुम्बिनी प्रदेशलाई मुख्य कार्य क्षेत्र बनेर अघि बढ्दा प्रदेशकै उत्कृष्ट टेलिभिजनको रुपमा स्थापित गर्न सफल भएको दाबी गरे । टेलिभिजनका उपाध्यक्ष गोपालप्रसाद ज्ञवालीले टेलिभिजन गैरनाफामूलक संस्था र समुदायकै सम्पत्ति भएको बताउँदै समुदायमै संचार संस्थाको रुपमा विकास गर्नको लािग सबै तयार हुनुपर्नेमा जोड दिए । टेलिभिजका कोषाध्यक्ष अरुणकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७९–८० मा १ करोड ६ लाख ७८ हजार रुपैयाँको टेलिभिजनले आर्थिक कारोबार गरेकोमा ७१ लाख ५ हजार आम्दानी गर्न सफल भएको बताए । कार्यक्रममा पूर्वअध्यक्ष पृथ्वी फौदार, टेलिभिजनका सल्लाहकार प्रभुराज ज्ञवाली, बुटवलका पुर्वनगर प्रमुख पुनाराम पोखरेल, सल्लाहकार महेश्वर प्रसाद श्रेष्ठ, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, टेलिभिजनका सल्लाहकार रिता सेन, शेयर सदस्य रामबहादुर कार्की र कार्यसमिति सदस्य डोलराज बस्यालले बोलेका थिए । टेलिभिजनको बुटवल १३ ढवाहमा रहेको जग्गाको तत्काल तारजाली लगाएर संरक्षण गर्दै भवन निर्माणको काम अघि बढाउने प्रस्ताव पारित गरेको छ । यस्तै साधारण सभाले सहसचिव जेबि गुरुङलाई विधानअनुसार सचिवमा पदोउन्नति गरेको टेलिभिजनका कार्यकारी प्रमुख विक्रम खड्काले जानकारी दिए ।

प्रकाशित मिति : शनिबार, माघ २७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij