JanataToday.com

Advertisment

SKIP THIS

बुटवल मेयर कपको फाइनलमा अक्सफोर्ड र नवीन भिड्ने

बुटवल मेयर कपको फाइनलमा अक्सफोर्ड र नवीन भिड्ने

बुटवल मेयर कपको फाइनलमा अक्सफोर्ड र नवीन भिड्न
बुटवल-बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित प्रथम विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा अक्सफोर्ड मावि र नवीन औद्योगिक मावि भिड्ने भएका छन्।
आइतबार भएको सेमीफाइनल खेलमा स्कलर्स होमलाई ३-० को गोलअन्तरले हराउँदै अक्सफोर्ड मावि फाइनल प्रवेश गरेको हो भने उजिरसिंह माविलाई २-० गोल अन्तरले हराउँदै नवीन औद्योगिक माविले फाइनलको यात्रा तय गरेको हो।
फाइनल खेल सोमबार दिउसो २ बजे बुटवल ११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुनेछ।
आइतबार एन्फा टेक्निकल सेन्टरको मैदानमा भएका खेलमा एभरेष्ट माविलाई १-० गोलअन्तरले हराउँदै अक्सफोर्ड सेमीफाइनल प्रवेश गरेको थियो।
यस्तै जबइ खेल मैदानमा भएको खेलमा सरस्वती माविलाई १-० गोलअन्तरले हराउँदै नवीन औद्योगिक मावि सेमीफाइनल प्रवेश गरेको थियो। यसअघि उजिरसिंह माविले ज्ञानोदय माविलाई ट्राइबेकरमा ३-१ गोलअन्तरले हराउँदै अघिल्लो चरण प्रवेश गरेको थियो।
प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी रहेका छन्। प्रतियोगितामा २०६० साल माघ १९ गतेभन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थीमात्रै सहभागी छन्।
प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८-१८ हजारका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गर्ने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए।
उनका अनुसार उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८-८ हजारका दरले पुरस्कार पाउनेछन्।

प्रकाशित मिति : आइतबार, माघ २८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij