बुटवल– पश्चिम नवलपरासीको बर्दघाटका एक सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएपछि व्यवसायीहरुले शान्ति र सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई ज्ञापनपत्र बुझाएका छ्न् ।
रुपन्देही सुनचाँदी व्यवसायी संघ ले सोमबार रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर कुँवर मार्फत प्रमुख जिल्ला अधिकारी लाई संघले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउँदै सुनचाँदी व्यवसायमा व्यवसायी माथि हुने आक्रमण ,पटक पटक चोरी का घटना भैरहेको हुँदा शान्ति सुरक्षाको व्यवस्था गर्न माग गरिएको छ ।
संघले नवलपरासी सुनचाँदी ब्यवसायी सघंमा आबद्ध गजेन्द्र बिश्वकर्मा र उहाँका छोरा महेन्द्र बिकलाई माघ २० गते पसल बन्द गरि घर फर्किने क्रममा साँझ ६। ३० बजेको समयमा बर्दघाट नगरपालिका वडा नम्बर १६ कुकुरमारा केराबारीमा अज्ञात समुहले स्कुटि रोकी गोली प्रहार गरि मरणासन्न बनाइ नगत तथा जिन्सी लुटपात गरेको र इटहरी ९ दिपेन्द्र चोकमा माघ १९ गते बिहान् करिब ११ बजेको समयमा पसलमा आएर २ तोला बराबरको २ थान सुनको सिख्रि लूटेको घटनाप्रति पनि ध्यानआर्कषण भएको जनाउँदै कडा कारवाहीको माग गरेको छ ।
संघका अध्यक्ष रामकिसन विश्वकर्माले हस्ताक्षर गरेको ज्ञापनपत्रमा दिनानुदिन चोरी तथा लुटपाट हुने ब्यवसायीहरुको हत्या हुने अवस्थाको अन्त्य को र शान्ती सुरक्षा को निम्ती प्रशासन संग माग गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर कुँवर ले व्यवसायीको शान्ती सुरक्षाको निम्ती जिल्ला प्रशासन कार्यालय सधै तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघ बिज्ञ परामर्श समिति संयोजक प्रेम कुमार सेन्चुरी, प्रदेश उपाध्यक्ष एबम सल्लाहाकार बिक्रम सुनार, सल्लाहकार हरि बहादुर सुनार ,भवानी प्रसाद सोनार ,प्रथम उपाध्यक्ष किसोर सेन्चुरी,द्धितिय उपाध्यक्ष गोपाल रामदाम,द्धितिय उपाध्यक्ष गोपाल रामदाम, महासचिब सिताराम रसाइली,तिलोत्तमा सुनचाँदी व्यवसायी संघ अध्यक्ष कृष्णलाल रसाइली, सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ अध्यक्ष दिपक कौसल,देवदह सुनचाँदी व्यवसायी संघ अध्यक्ष इन्द्र सुनार, लुम्बिनी सास्कृतिक सुनचाँदी व्यवसायी संघका बृजेस बर्मा, सदस्य तिलक बिक,तिल बहादुर बिक, हेम बहादुर बिक ,तिल बहादुर बिश्वकर्मा लगायतको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति : सोमबार, माघ २९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्