JanataToday.com

Advertisment

SKIP THIS

नेपाल पहिलाे खेलमा नामिबियासँग ४ विकेटले पराजित

नेपाल पहिलाे खेलमा नामिबियासँग ४ विकेटले पराजित

काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबियासँगकाे पहिलाे खेलमा नेपाल ४ विकेटले पराजित भएकाे छ ।

नेपालले दिएकाे १ सय ३३ रनकाे सामान्य लक्ष्य ३३ ओभर १ बलमा ६ विकेट गुमाएर भेटायाे । नामिबियाका जान फ्रालिङ्कले ३४, जान निकोल लफ्ट इटनले ३१ रन बनाए । नेपालका साेमपाल कामीले ३, ललित राजवंशीले २ विकेट लिए ।

 

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४१ ओभर १ बलमा १ सय ३२ रनमा अल आउट भयो । नेपालका भीम सार्कीले सबैभन्दा धेरै ४४ रन बनाए । यस्तै गुलसन झा २१, करण केसी १६, कुशल मल्ल १५, पवन सर्राफ १२, अनिल शाह ८, आसिफ शेख ४, सोमपाल कामी २, कप्तान रोहित पौडेल १ र कुशल भुर्तेल शून्यमै आउट भए । नामिबियाका गेरहार्ड इरासमसले ५ विकेट लिए ।

 

घरेलु मैदानमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएकाे याे सबैभन्दा कम रन हाे । यसअघि नेपालले सन् २०२२ मा कीर्तिपुरमा यूएईसँगकाे खेलमा ९ विकेट गुमाएर १ सय ७९ रन बनाएकाे थियाे । यस्तै २०२१ मा कीर्तिपुरमा ओमानसँगकाे खेलमा पनि नेपाल १ सय ७९ रनमा अल आउट भएकाे थियाे । यी दुवै रन नेपालले दाेस्राे पारीमा बनाएकाे थियाे ।

 

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत २०२४ देखि २०२७ सम्मकाे पहिलो शृङ्खला आजदेखि शुरु भएको हो । याे शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स छन् ।

 

लिग–२ मा नेपाल, क्यानडा, नामिबिया, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, अमेरिका र यूएईबीच २४ वटा त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ । लिग–२ मा हरेक टोलीले ३६ वटा खेल खेल्नेछ । ३ वर्षसम्म चल्ने लिग–२ का शीर्ष ४ वटा टोलीले सिधै विश्वकप छनोट खेल्ने पाउनेछन् भने पुछारका ४ वटा टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन ३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij