बालकुमारी घटनाकाे प्रतिवेदन अध्ययन गरेर दोषीलाई कारबाही गरिन्छ : प्रधानमन्त्री

बालकुमारी घटनाकाे प्रतिवेदन अध्ययन गरेर दोषीलाई कारबाही गरिन्छ : प्रधानमन्त्री

काठमाडौँ, ६ फागुन : प्रम दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसदहरुले सोध्नुभएका प्रश्नको जवाफ दिनुहुँदै । तस्बीर : प्रदीपराज वन्त/रासस

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुरको बालकुमारी घटनामा छानबिन समितिले दिएको प्रतिवेदन अध्यययन गरी दोषीलाई कारबाही गरिने बताउनुभएको छ ।

 

प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचडले छानबिन समितिले प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको र आजमात्रै आफूले प्रतिवेदन बुझ्ने बताउनुभएको हो । उहाँले अहिलेसम्म आफूले प्रतिवेदन नहेरेको भन्दै आजै हेर्ने र आजै बस्ने मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन अध्ययन गरी आवश्यक कारबाही गरिने बताउनुभयो ।

 

प्रधानमन्त्रीले यस घटनालाई सरकारले गम्भीरतापूर्वक लिएर तत्काल १०/१० लाख रुपैयाँ परिवारलाई दिने निर्णय गरिनुका साथै श्रम मन्त्रालयबाट सम्बन्धित कार्यालयबाट पनि रकम उपलब्ध गराउन निर्देशन भएको बताउनुभयो । परिवारका एक/एक जनालाई रोजगारीको व्यवस्था गरिने पनि उहाँको भनाइ छ ।

गएकाे पुस १३ गते बालकुमारीमा कोरियन भाषा परीक्षा दिने युवा र प्रहरीबीच झडप हुँदा दुई जना युवाको ज्यान गएको थियो । बालकुमारी घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले भौतिक, पूर्वाधार तथा यातायातमन्त्री ज्वालाको कमजोरीले घटना भएको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो  ।

प्रकाशित मिति : आइतबार, फाल्गुन ६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij