काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–टुमा नेपाल नामिबियासँग पराजित भएको छ। कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाएर १६८ रन बनाएको थियो। नामिबियाबीच १६९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको थियो।
६० बल छदैँ नामिबियाले ८ विकेट गुमाउँदै जित हासिल गरेको हो। कुशल भुर्तेलले ३, दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल, कुशल मल्ल, ललित राजवंशीले समान एक एक विकेट लिए।
पहिलो खेलमा घरेलु टोली नामिबियासँग ४ विकेटले पराजित भएको थियो। आज नेपालसामु सोही हारको बदला लिने अवसर थियो।
दोस्रो खेलमा बलियो नेदरल्यान्ड्समाथि नौ विकेटको जित हात पार्दै नेपालले सानदार पुनरागमन गरेको छ। नामिबियाले यसअघिको खेलमा डच टिमसँग ७ विकेटको हार बेहोरेको थियो।
प्रकाशित मिति : बुधबार, फाल्गुन ९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्