ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट सात दिनभित्र हट्न काठमाण्डौ महानगरको आग्रह

ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट सात दिनभित्र हट्न काठमाण्डौ महानगरको आग्रह

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले वडा नं. ४ बालुवाटारमा रहेको ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट आफैँ हट्न व्यक्ति, कम्पनी र सङ्घसंस्थाहरुलाई अनुरोध गरेको छ ।

आज सार्वजनिक सूचना निकालेर महानगरपालिकाले ७ दिनको अवधि दिएर सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सहयोगका लागि अनुरोध गरेको हो ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको मुद्दामा फैसला गर्दै विशेष अदालतले काठमाण्डाै महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानुनी दायित्व महानगरपालिकालाई तोकेको थियो ।

अदालतको फैसला अनुसार सूचना सार्वजनिक गरेको भन्दै महानगरपालिकाले तोकेको समयभित्र नहटेमा प्रचलित कानुन बमोजिम हटाइ सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने जनाएको छ ।

 

 

प्रकाशित मिति : बुधबार, फाल्गुन ९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij