कांग्रेस महासमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि छलफल जारी

कांग्रेस महासमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि छलफल जारी

ललितपुर, ७ फागुन : नेपाली कांग्रेसको सोमबारदेखि ललितपुरको गोदावी स्थित सनराइज सभाहलमा सुरुभएको महासमिति बैठकको उद्घाटन समारोहमा सहभागी पार्टी सभापति शेरबहादुर देउवा लगायत शिर्ष नेताहरु । तस्बिर : माधवप्रसाद घिमिरे/रासस

नेपाली कांग्रेसको महासमिति बैठकमा बुधबार विभिन्न प्रस्तावहरूमाथि महासमिति सदस्यहरूले सुझाव दिने क्रम जारी छ।

महासमिति सदस्यहरूले मुख्यगरी उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावमाथि सुझाव दिनेछन्।

महासमितिमा अर्थमन्त्रीसमेत रहेका प्रवक्ता प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रका अवस्था र लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा प्रस्तावमाथि पनि सुझाव लिइने कांग्रेसले जनाएको छ।

कांग्रेसले यी प्रस्तावहरूमाथि छलफल गर्न चार समूह बनाएको छ। एक महासमिति सदस्यले ५ प्रस्तावमाथि ५ मिनेटभित्रै सुझाव दिइसक्नुपर्नेछ।

सनराइज सम्मेलन केन्द्रको मुख्य सभाहल गोदावरी हलमा कोशी र सुदुरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समिति, फूलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशंखुनारायण हलमा मधेश र कर्णाली प्रदेशको समूहगत छलफल भइरहेको कांग्रेस प्रचार विभागले जानकारी दिएको छ।

कांग्रेस महासमिति बैठक बिहीबारसम्म चल्नेछ। समूहगत छलफलमा महासमिति सदस्यहरूले बुँदागत रूपमा सुझाव राख्ने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।

प्रकाशित मिति : बुधबार, फाल्गुन ९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij