फागुन १३ देखि रुपन्देहीमा खोप अभियान , ३ लाख १४ हजार बढी बालबालिकालाई दादुरा–रूबेला खोप लगाईदै

फागुन १३ देखि रुपन्देहीमा खोप अभियान , ३ लाख १४ हजार बढी बालबालिकालाई दादुरा–रूबेला खोप लगाईदै

 

बुटवल,

रुपन्देहीमा ९ महिनादेखि १५ वर्षमुनीका ३ लाख १४ हजार ७ सय ३८ जना बालबालिकालाई दादुरा–रूबेलाविरुद्धको खोप लगाइने भएको छ। स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार फागुन १३ देखि १७ सम्म ९ वटा पालिका तथा फागुन २० देखि २४ गतेसम्म ७ पालिकामा गरी दुई चरणमा बालबालिकालाई खोप लगाइने भएको छ ।

स्वास्थ्य कार्यलय रुपन्देहीले बिहिबार बुटवलमा पत्रकारहरुसंग अन्र्तक्रिया कार्यक्रम गरि खोप अभियानका बारेमा जानकारी गराएको हो । कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत तथा सूचना अधिकारी भेषराज शर्माले पहिलो चरणमा बुटवल उपमहानगरपालिका, देवदह, तिलोत्तमा, लुम्बिनी साँस्कृतिक, सिद्धार्थनगर नगरपालिका, ओमसतिया, रोहिणी, सियारी र शुद्धोधन गाउँपालिकामा दादुरा–रूबेलाविरुद्धको खोप लगाइने बताउनुभयो ।

त्यस्तै शर्माले दोस्रो चरणमा सैनामैना नगरपालिका, गैडहवा, कञ्चन, सम्मरीमाई, मर्चवारी, कोटहीमाई र मायादेवी गाउँपालिकामा खोप लगाइने जानकारी दिनुभयो ।नियमित खोप कार्यक्रममा छुट भएका बालबालिकालाई लक्षित गरी दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्न लागिएको बताउदै शर्माले अनुसार दादुरा–रूबेलाविरुद्धको खोपबाहेक अन्य खोप पनि नलगाएका बालबालिकालाई सोही अवधिमा खोप लगाइने जानकारी दिनुभयो ।

जिल्लाका १६ स्थानीय तहमा १ हजार १ सय ११ खोप केन्द्रबाट २ हजार २ सय स्वास्थ्यकर्मी र ३ हजार ३ सय जना स्वयंसेवक खटिने जानकारी दिनुभयो । जिल्लामा ३४ हजार ९ सय ३६ भायल एमआर भ्याक्सिन र ३ लाख ९१ हजार ५ सय ४ वटा सिरिञ्ज आवश्यक पर्ने अधिकारी शर्माले बताउनुभयोे । खोप अभियान पूर्ण सफल बनाउन विभिन्न माध्यमबाट प्रचारप्रसार सुरु भएको बताउनुभयो ।

शर्माले कुनै एक बालबालिकालाई दादुरा संक्रमण भएमा अन्य १८ जनासम्म बालबालिका संक्रमित हुन सक्ने र यसले महामारीको रुप लिन सक्ने भएकाले गम्भिर हुन आग्रह गर्नुभयो ।

खोपकेन्द्रका लागि शैक्षिक संस्थाहरुमा केही मापदण्ड तोकिएको छ । शैक्षिक संस्थाहरु मध्ये कम्तिमा २५० बालबालिका रहेका विद्यालयलाई खोप केन्द्रको मान्यता दिइनेछ भने उक्त सङ्ख्याभन्दा कम विद्यार्थी सङ्ख्या भएका विद्यालयले नजिकको खोपकेन्द्र मान्यता प्राप्त विद्यालय वा स्वास्थ्य केन्द्रमा खोपका लागि व्यवस्था गरिएको शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत चिन्तामणी ज्ञवाली,कन्ट्रोल भेक्टर केदारनाथ शाह , पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगायतले बोल्दै खोप सुरक्षित रहेकाले सबै नागरिक सामु सञ्चारको माध्यमबाट सुचना सम्प्रेषण गर्न आग्रह गर्नुभएको थियो ।

नेपालले सन् २०२६ सम्ममा दादुरा–रूबेला निवारण गर्ने प्रतिबद्वता व्यक्त गरेको छ । नेपालमा पूर्ण खोप घोषणा गर्न ४ जिल्ला बाँकी रहेका छन् ।

 

 

प्रकाशित मिति : बिहिबार, फाल्गुन १० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij