राप्रपाका लुम्बिनी प्रदेश सभा सदस्य यादव निलम्बित

राप्रपाका लुम्बिनी प्रदेश सभा सदस्य यादव निलम्बित

काठमाडौं – लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादव प्रदेशसभा सदस्यबाट निलम्बनमा परेका छन् ।

यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा गरेकाले उनी स्वत: निलम्बनमा परेका लुम्बिनी प्रदेश सभा सचिवालयले सूचना निकालेर जानकारी दिएको छ ।

कपिलवस्तु-३ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित यादवविरुद्ध गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले काटेको काठ लुकाएर मिलेमतोमा अनियमितता गरेको आरोपमा अख्तियारले मुद्दा चलाएको हो ।

यादवविरुद्धको मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

प्रकाशित मिति : शनिबार, फाल्गुन १२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij