इलाम र बझाङमा वैशाख १५ गते उपचुनाव

इलाम र बझाङमा वैशाख १५ गते उपचुनाव

काठमाडौं : निर्वाचन आयोगको आगामी वैशाख १५ गतेका लागि उपनिर्वाचनको मिति तोक्ने निर्णय गरेको छ।

 

 

आयोगको आज बसेको बैठकले नेपाल सरकारसँगको परामर्शमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम इलाम -२ तथा प्रदेश सभा सदस्य बझाङ जिल्ला प्रतिनिधि सभा सदस्यनिर्वाचन क्षेत्र – १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा मिति २०८१ वैशाख १५ गते शनिबारका दिन उपनिर्वाचन गर्ने गरी मिति तोकेको हो।

इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं।२बाट निर्वाचित प्रतिनिधिसभा सदस्य श्री सुवासचन्द्र नेम्वाङ्ग र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं। १ बाट निर्वाचित प्रदेशसभा सदस्य श्री पृथ्वीबहादुर सिंहको निधन भएकाले उक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो।

कुनै सदस्यको स्थान, प्रतिनिधि सभा वा प्रदेश सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहँदै रिक्त भएमा त्यस्तो स्थान उपनिर्वाचन हुने कानुनी व्यवस्था छ। उपनिर्वाचनमा सहभागिता, सहयोग र सहकार्यका लागि पनि निर्वाचन आयोगले सम्बन्धित सबैमा आग्रह गरेको छ।

 

 

 

प्रकाशित मिति : आइतबार, फाल्गुन १३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij