सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बुटवल शाखाले मृत्युु दावी भुक्तानी गरेकाे छ । अाइतबार एक कार्यक्रम गरी बुटवल उपमहानगरपालिका २ भिमसेन टाेलका विकास खड्गीकाे परिवारलाई साे मृत्यु दावी भुक्तानी गरिएकाे हाे । अाइतबार बुटवल शाखाले रू तीन लाख पतहत्तर हजार दुई सय रकमकाे चेक खड्गीकी श्रीमती सरू खड्गीलाई हस्तान्तरण गरेकाे हाे । ३८ वर्षिय खड्गीकाे हृदयघातका कारण मृत्यु भएकाे थियाे । मृत्यु दावी भुक्तानी हस्तान्तरण कार्यक्रममा कम्पनीका बुटवल शाखा प्रमुख भिम प्रसाद सुवेदीले सिटिजनले कसैकाे दुखाइमा मल्हम लगाउने काम गरेकाे बताए । उनले बिमा गर्नु भनेकाे अभिकर्ताले पैसा खानकै लागि गरेकाे भन्ने भ्रम रहेकाेले याे भ्रम चिर्न अावश्यक रहेकाे बताए । उनले बिमा गराउनै सकस भएकाे बताउँदै अार्थिकरूपले पीडामा मल्हम लगाउने काम यही इन्याेरेन्सले मात्रै गरेकाे उल्लेख गर्दै बिमाबारे प्रष्ट बुझाउन अभिकर्ताकै ठूलाे हात रहने उल्लेख गरे । कार्यक्रममा अभिकर्ता अस्मिता प्रधानले विमाकाे लागि अझैपनि जनमानसलाई बुझाउन एकदमै कठिन भएकाे बताइन् । ब्रान्च अफिस एसाेसिएट ज्याेति अदैले विमा सबैले समयमै गर्न अाग्रह गरिन् । कार्यक्रममा कम्पनीका अभिकर्ताहरूकाे उपस्थिति रहेकाे थियो । हालसम्म कम्पनीले दुई अर्वकाे दावी भुक्तानी गरिसकेकाे छ ।
प्रकाशित मिति : आइतबार, फाल्गुन १३ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्