JanataToday.com

Advertisment

SKIP THIS

सिटिजन लाइफ इन्स्योरेन्स बुटवल शाखाद्धारा मृत्युु दावी भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्स बुटवल शाखाद्धारा मृत्युु दावी भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बुटवल शाखाले मृत्युु दावी भुक्तानी गरेकाे छ । अाइतबार एक कार्यक्रम गरी बुटवल उपमहानगरपालिका २ भिमसेन टाेलका विकास खड्गीकाे परिवारलाई साे मृत्यु दावी भुक्तानी गरिएकाे हाे । अाइतबार बुटवल शाखाले रू तीन लाख पतहत्तर हजार दुई सय रकमकाे चेक खड्गीकी श्रीमती सरू खड्गीलाई हस्तान्तरण गरेकाे हाे । ३८ वर्षिय खड्गीकाे हृदयघातका कारण मृत्यु भएकाे थियाे । मृत्यु दावी भुक्तानी हस्तान्तरण कार्यक्रममा कम्पनीका बुटवल शाखा प्रमुख भिम प्रसाद सुवेदीले सिटिजनले कसैकाे दुखाइमा मल्हम लगाउने काम गरेकाे बताए । उनले बिमा गर्नु भनेकाे अभिकर्ताले पैसा खानकै लागि गरेकाे भन्ने भ्रम रहेकाेले याे भ्रम चिर्न अावश्यक रहेकाे बताए । उनले बिमा गराउनै सकस भएकाे बताउँदै  अार्थिकरूपले पीडामा मल्हम लगाउने काम यही इन्याेरेन्सले मात्रै गरेकाे उल्लेख गर्दै बिमाबारे प्रष्ट बुझाउन अभिकर्ताकै ठूलाे हात रहने उल्लेख गरे । कार्यक्रममा अभिकर्ता अस्मिता प्रधानले विमाकाे लागि अझैपनि जनमानसलाई बुझाउन एकदमै कठिन भएकाे बताइन् । ब्रान्च अफिस एसाेसिएट ज्याेति अदैले विमा सबैले समयमै गर्न अाग्रह गरिन् । कार्यक्रममा कम्पनीका अभिकर्ताहरूकाे उपस्थिति रहेकाे थियो । हालसम्म कम्पनीले दुई अर्वकाे दावी भुक्तानी गरिसकेकाे छ ।

प्रकाशित मिति : आइतबार, फाल्गुन १३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij