आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानको परिसरमा राखिँदै

आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानको परिसरमा राखिँदै

काठमाण्डौ – वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा राखिने भएको छ । बिहान ९ बजेदेखि परिसरमा राख्ने र आजै अन्तिम संस्कार गर्ने तयारी छ ।

आचार्यको निधनप्रति सङ्गीतकर्मी, सर्वसाधारण तथा राजनीतिक दलका नेतालगायतले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । उहाँ १९९९ साल असोज १६ मा धनकुटामा जन्मिनुभएको हो । आचार्यको परिवार धनकुटाबाट भारतको कालिम्पोङ डुम्सीपाडामा बसाइँ सरेको थियो ।

जम्मा १६ वर्ष मात्रै साङ्गीतिक जीवनमा सक्रिय भक्तराज आचार्यका झण्डै साढे चार सय गीत रेकर्ड भएका छन् । आचार्यले मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्नेलगायतका गीतमा उहाँको आवाज गुन्जिन्छ ।

‘भजन शिरोमणि’ उपाधि पाएका उहाँका भजनदेखि आधुनिक, गजल, राष्ट्रिय, बालगीतलगायत छन् । २०४६ साल मङ्सिरमा बौद्धको एक रेष्टुरेन्ट नजिक उहाँ आक्रमणमा पर्नु भएको थियो ।

टाउकोमा गहिरो चोट लागेका उहाँको वीर अस्पतालमा उपचार गरिएको थियो । पछि २०४९ सालमा क्यान्सर देखियो । क्यान्सरका कारण उहाँको जिब्रो काट्नुपरेको थियो । त्यसपछि उहाँले गाउन र राम्रोसँग बोल्न सक्नुभएन । आचार्यको श्रीमती, दुई छोरा–बुहारी र दुई नाति छन् । दुई छोरा सत्यराज र स्वरूपराज पनि साङ्गीतिक क्षेत्रमै क्रियाशील हुनुहुन्छ ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन १५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij