लुम्बिनी प्रादेशिक अस्पताललाई पश्चिम क्षेत्रकै विशिष्टकृत अस्पतालको रुपमा विकास गर्छौं : मन्त्री खनाल

लुम्बिनी प्रादेशिक अस्पताललाई पश्चिम क्षेत्रकै विशिष्टकृत अस्पतालको रुपमा विकास गर्छौं : मन्त्री खनाल

 

बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले लुम्बिनी प्रादेशिक अस्पताललाई पश्चिम क्षेत्रका जनताले सबै विशिष्टिकृत स्वास्थ्य उपचार प्राप्त गर्ने सक्ने अस्पतालको रुपमा बिकास गरिने बताएका छन् । अस्पतालमा बन्न लागेको अत्याधुनिक संरचनासहितको १० तल्ले नयाँ भवन निर्माण समयमै सक्नुपर्नेमा जोड दिँदै उनले निर्माण कम्पनीबाट प्रतिवद्धता अनुसारको काम हुनेमा विश्वास व्यक्त गरे ।

 

अस्पतालको ११४ औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री खनालले लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेशको गौरवको योजना अनुसार अगाडि बढाउने प्रयास अनुसार सरकारले काम गरिरहेको उल्लेख गरे । ‘हाम्रा आवश्यकताहरु धेरै छन्, यसको गुणस्तर वृद्धि गरेर जान सकेनौं, जनशक्ति र उपकरण दिन सक्दैनौं भने जनताले चाहेको जस्तो उपचार सेवा उपलब्ध गराउन सक्दैनौं ।’-मन्त्री खनालले भने, आवश्यक स्रोत व्यवस्थापनका लागि सरकारले पहल गर्छ । अस्पताललाई साधन स्रोत र उपकरणको कमी हुन नदिने प्रतिवद्धा गर्दै मन्त्री खनालले नेपाली मात्र नभई विदेशीहरु समेत उपचार गर्न आउने थलोको रुपमा अस्पताललाई बिसका गरिनु पर्नेमा जोड दिए । मन्त्री खनालले अस्पतालमा क्याथल्यावको समेत उद्घाटन गरेका छन् ।

लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री सुदर्शन बरालले अस्पतालको विकासका लागि आफ्नो पालामै गुरुयोजना तयार भएर काम अघि बढेको बताउँदै विगतका प्रतिवद्धता सरकारले पालना गर्नुपर्नेमा जोड दिए । अस्पतालको नियमित आर्थिक स्रोतको रुपमा रहेको व्यवसायिक सटरहरु भत्काएर गुरुयोजना अनुसार काम अघि बढेको अवस्थामा त्यसबापतको शोधभर्ना प्रदेश सरकारले उपलब्ध गराउनु पर्ने बताए

आफू मन्त्री हुँदासम्म अस्पतालले शोधभर्ना बापत पाउनुपर्ने वार्षिक ६ करोड आर्थिक अनुदान उपलब्ध गराउँदै आएको भएपनि हाल आएर उक्त रकम रोकिनु गलत भएको उल्लेख गरे । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका मुख्यन्यायधिवक्ता बुद्धबहादुर थापा, बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेय, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा। जनार्दन पन्थी लगायतले अस्पतालमा बन्ने १० तले नयाँ भवनको काम समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए । अस्पतालप्रति जनताको चासो, भरोसा र आकर्षण बढी रहेका कारण सोही अनुसार गुनासो र प्रतिक्रियाहरु आउनु स्वभाविक भएको उल्लेख गर्दै सकेसम्म गुनासो नआउनेगरी सेवा प्रवाह गर्न सुझाव दिए ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले स्वागतसहित वार्षिक प्रतिवेदन प्रस्तुत गरे । अस्पतालले चालू आर्थिक वर्षमा मात्रै करिब डेढ दर्जन बढी सेवा बिस्तार गरेको उनले बताए । १५ बेड क्षमताको एसएनसीयू स्थापना, ६ बेड क्षमताको पीआईसियू स्थापना, ८ बेडको एनआईसीयूलाई १२ बेडमा बिस्तार, बर्थिङ सेन्टर स्थापना, क्याथल्याव संचालन, इन्टेरेस्कोप सञ्चालन, बालउद्यान स्थापना लगायतका उपब्धि बारे मेसु थापाले जानकारी गराए । यसैगरी निकट भविष्यमै अनलाइन टिकटको समेत व्यवस्था गरिने उल्लेख गरे ।

अस्पतालमा चिकित्सक (विशेषज्ञं मेडिकल अधिकृत) १२७ जना, नर्सिङ्ग कर्मचारी २९४ जना, पारामेडिक्स कर्मचारी १५७ जना, प्रशासनिक कर्मचारी (प्रशासन, लेखा र आई टी) २८ जना, कार्यालय सहयोगी/सरसफाईकर्मी १८९, सुरक्षागार्ड २६ जना तथा अन्य २८ जना कर्मचारी गरी जम्मा ८५१ जना कर्मचारीहरु कार्यरत रहेका छन् । तत्कालिन राणाप्रधानमन्त्री श्री ३ चन्द्र समशेर जवरा को पालामा वि.स. १९६७ फागुन १५ गते सेन वंशी राजा मणिमुकुन्द सेनको दरवार (हालको पारि बुटवलफुलवारी पार्क) मा २ जना भारतीय चिकित्सक र ६ शैयाबाट लुम्बिनी प्रादेशिक अस्पतालको सुरुवात भएको थियो । वि.स.१९९८ सालमा रक्तसंचार गृह रकेको स्थानहुँदै बुटवलउप-महानगरपालिका वडा नं।६ हाल अस्पताल रहेको स्थानमा स्थापना भई यस अस्पतालले स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।

अस्पतालले ११४ औं वार्षिकोत्सवको अवसरमा विभिन्न अतिरिक्त क्रियाकलाप समेत आयोजना गरेको थियो । अस्पताल परिवार बीच आयोजना गरिएका प्रतियोगिताहरु फुटबल, भलिबल, क्रिकेट, म्याराथन, कविता बाचन तथा रक्तदान कार्यक्रममा सहभागीहरुलाई मूल समारोहमा सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन १५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij