मोतिपुर मा. बि. मा भुतपुर्व विद्यार्थी पुनर्मिलन र नयाँ कार्यसमिति चयन

मोतिपुर मा. बि. मा भुतपुर्व विद्यार्थी पुनर्मिलन र नयाँ कार्यसमिति चयन

बुटवल -रुपन्देहीको बुटवल १७ मा रहेको मोतिपुर माविमा आज एक समारोह का बीच  भुतपुर्व विद्यार्थी पुनर्मिलन साथै नयाँ कार्यसमिति चयन भएको छ । सोहि विद्यालयमा अध्ययन गरी हाल विभिनन क्षेत्रमा क्रियाशिल भुपु विद्यार्थीहरुको भेलाले उमानन्द घिमिरे  को अध्यक्षतामा नया कार्यसमिति गठन गरेको हो ।

नव गठित मोतिपुर भुपु विद्यार्थी समाजको उपाध्यक्षमा देबि प्रशाद काफ्ले चयन हुनुभएको छ भने सचिवमा मणिरत्न भण्डारी , कोषाधयक्षमा  केदार नेउपाने र सहसचिवमा कृष्ण कुमारी ( मधु ) चयन हुनुभएको छ । ११ सदस्यीय समितिको सदस्यहरुमा बासुदेब घिमिरे , दुर्गा चापागाईं, गङ्गाराम ढकाल, धनु पुन, राम भक्त वस्त्ती र प्रकाश भुर्तेल रहनुभएको छ ।

विद्यालयमा अध्ययन गरी देश विदेशमा छरिएर रहेका विद्यार्थीहरुको समिप्यता बढाउदै विद्यालयको शैक्षिक सुधारका लागि संयुक्त पहल गर्ने उद्देश्य मोतिपुर भुपु विद्यार्थी समाज गठन भएको हो । आगामी दिनहरुमा सवै भुपु विद्यार्थीहरुसँग समन्वय र सहकार्य गरी संस्थागतरुपमा विद्यालयको शैक्षिक  बिकास को काम गर्ने  नव निर्वाचित अध्यक्ष उमानन्द घिमिरेले बताउनुभयो  ।
कार्यक्रममा सम्बोधन गर्दै बुटवल उपमहानगरपालिका वडा नम्बर १९ का अध्यक्ष एबम पुर्ब शिक्षक चन्द्रसिङ्ह थापाले भूपू विद्यार्थीहरुको सक्रियतामा भेला आयोजना हुनु खुशिको कुरा रहेको बताउँदै सबै मिलेर मोतिपुर माबिलाई नमुना बनाउनेतर्फ लाग्न आह्वान गर्नुभयो । साथै यसमा वडा सधैं साथमा रहेको र सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा बुटवल शिक्षा समिति सदस्य हरिहर श्रेष्ठ, बिद्यालयका सहायक प्रधानाध्यापक गणेश राना , समाजसेवी कमल गुरुङ लगायत ले बोल्दै  मोतिपुरको शिक्षाको गुणस्तर वृद्धि गर्न जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए।
कार्यक्रम बिधालय ब्यबस्थापन समिति अध्यक्ष ओम बहादुर घिमिरे (बाबुराम ) को अध्यक्षता मा भएको हो ।

प्रकाशित मिति : शनिबार, फाल्गुन १९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij