बुटवल– रुपन्देही सुनचाँदी व्यवसायी संघले अपाङ्ग आश्रममा खाद्यान्न सहयोग गरेको छ । समितिले नेपाल सुनचाँदी व्यवसायी महासंघको ११ औ स्थापना दिवसमा बुटवल उपमहानगरपालिका वडा नं। ११ देवीनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा खाद्यान्न सहित रु १२ हजार १५०नगद सहयोग गरेको हो ।
आश्रममा आयोजित कार्यक्रममा रुपन्देही सुनचाँदी व्यवसायी संघ अध्यक्ष, राम किशन बिश्वकर्मा, नेपाल सुनचाँदी व्यवसायी महासंघका सुनचाँदी बिज्ञ परामर्श समिति संयोजक प्रेम कुमार सेन्चुरी,केन्द्रिय उपाध्यक्ष जोगलाल विश्वकर्मा ,प्रदेस उपाध्यक्ष बिक्रम सुनार ,प्रदेस सहसचिव हरि विश्वकर्मा ,महासचिव सिताराम रसाइली लगायतले आश्रमका अध्यक्ष डोलबहादुर रामदामलाई उक्त खाद्यान्न सहित नगद हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा नेपाल सुनचाँदी व्यवसायी महासंघका सुनचाँदी बिज्ञ परामर्श समिति संयोजक प्रेम कुमार सेन्चुरी ले सामाजिक उत्तरदायित्व बहन गर्दै अपाङ्गता भएका व्यक्तिहरुलाई राहत स्वरुप खाद्यान्न र केहि रकम प्रदान गरेकामा धन्यवाद व्यक्त गर्नुभयो । संघले बिगत देखि नै सामाजिक क्षेत्रमा काम गरिएको बताउदै निरन्तर यस्तो कार्य गर्नुपर्नेमा जोड दिनुभयो।
केन्द्रिय उपाध्यक्ष जोगलाल बिश्वकर्मा ले मानवता को सेवा नै जीवनको सर्बोत्तम कार्य भएको बताउदै स्थापना दिवसमा आश्रममा सहयोग गरेर समाजप्रति थप उत्तरदायी बनेकोमा सराहाना गर्दै समाज परिवर्तनमा सक्रिय भूमिका निर्वाह गर्न समेत आग्रह गर्नुभयो ।
विपन्न तथा अपाङ्गता भएकाहरुलाई केही राहत पुगोस भरेर थोरै भएपनि दैनिक उपभोग्य सामाग्री दाल, चामल, पिठो ,नुन, चिनी लगायतका खाद्यान्न हस्तान्तरण गरिएको सहयोग संघका अध्यक्ष राम किशन बिश्वकर्माले बताउनुभयो । उहाँले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

खाद्यान्न तथा नगद ग्रहण गर्दै आश्रमका अध्यक्ष डोल बहादुर रामदामले आश्रममा परिवार बिहिन विपन्न व्यक्तिहरुले आश्रय लिईरहेको बताउनु भयो । यस्तै सहयोगी हातहरुबाट उनीहरुको दैनिक गुजारा चलाईरहेको र अर्थोपार्जनको खोजी गरिएको बताउँदै त्यसमा सहयोग गर्न आग्रह गर्नुभयो । साथै उहाँले आर्थिक अभावले बेलाबेला समस्या भोगे पनि आफ्नो संरक्षणमा राखेका बालबालिकालाई आफूअनुकूलका सिप सिकाउने, पढाउने र अपाङ्गताविरुद्ध उपचारका लागि अस्पताल पठाउने व्यवस्था आश्रमले गरेको बताउनुभयो ।

कार्यक्रमा संघका सदस्य मात्रिका गहतराज, सदस्य सुजता गहतराज ,देवदह सुनचाँदी व्यवसायी संघ अध्यक्ष इन्द्र बहादुर सुनार, विश्वज्योती सहकारीका अध्यक्ष हेम बहादुर बिश्वकर्मा,कार्यलय सचिव मुना सिंह लगायतको सहभागिता रहेको थियो ।कार्यक्रम संघका उपाध्यक्ष किशोर कुमार सुनारको धन्यवाद ज्ञापन, बरिष्ठ उपाध्यक्ष यस रत्न बज्रचार्यको स्वागत मन्तव्य एवम महासचिव सिताराम रसाइलीको संचालन सम्पन्न भयो ।

३ जना अपाङ्गता भएका व्यक्तिले २०६७ सालमा अभिभावकविहीन अपाङ्गता भएका बालबालिकाको संरक्षणका लागि खोलिएको नेपाल अपाङ्ग आश्रममा हाल ४२ जना आश्रीत छन् ।
प्रकाशित मिति : आइतबार, फाल्गुन २० २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्