काठमाण्डाै – १६ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले दोस्रो खेलमा भुटानलाई हराएको छ । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नेपालले भुटानलाई ३–० गोलले हरायो ।
नेपालले पहिलो हाफमै ३ गोल गर्याे । नेपालका लागि पूजा गिरी, भूमिका बुढाथोकी, ग्यान्सु डोल्मा लोले १–१ गोल गरे । यो जितसँगै नेपाल ३ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । प्रतियोगिताको लिग चरणको पहिलो खेलमा नेपाल बङ्लादेशसँग २–० गोलले पराजित भएको थियो ।
प्रतियोगितामा भोलि भारत र बङ्लादेशबीच खेल हुनेछ । लिग चरणका शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । फाइनल खेल आउँदो आइतवार हुनेछ ।
यसअघि १५ वर्षमुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि १६ वर्षमुनिको उमेर समूहमा भइरहेको हो ।
प्रकाशित मिति : सोमबार, फाल्गुन २१ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्