JanataToday.com

Advertisment

SKIP THIS

सुनको भाउमा फेरि नयाँ रेकर्ड, तोलाको १ लाख २५ हजार रुपैयाँ पुग्यो

सुनको भाउमा फेरि नयाँ रेकर्ड, तोलाको १ लाख २५ हजार रुपैयाँ पुग्यो

काठमाण्डाै – नेपाली बजारमा सुनको भाउले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ । सुनको भाउ आज अहिलेसम्मकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढेर प्रतितोला एक लाख २५ हजार रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला एक लाख २३ हजार पाँच सय रुपैयाँमा कारोबार हुँदा नयाँ रेकर्ड बनेको थियो ।

यस्तै मङ्गलवार सुनको भाउ प्रतितोला एक लाख २३ हजार रुपैयाँमा कारोबार हुँदा नयाँ रेकर्ड बनेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि बढेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेर एक हजार चार सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन २४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij