रोट्रयाक्ट डिष्ट्रिकद्वारा २ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

रोट्रयाक्ट डिष्ट्रिकद्वारा २ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

रोट्रयाक्ट डिष्ट्रिकद्वारा २ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानद्वारा  धुलिखेलमा २ दिने प्रशिक्षक प्रशिक्षण (TOT) कार्यक्रम सम्पन्न  भएको छ । आगामी रोट्रयाक्ट वर्ष २०२४/२५ का लागि देशैभर रहेका सम्पूर्ण  रोट्रयाक्ट क्लबहरुका पदाधिकारी एवं सदस्यहरुलाई रोट्रयाक्ट सम्बन्धि विभिन्न तालिमहरु प्रदान गर्ने उदेश्यले  प्रशिक्षकहरुलाई तालिम प्रदान गरिएको हो । फागुन २५ र २६ गते धुलिखेलस्थित माउन्ट प्रिन्सेस होटेलमा भएको तालिममा प्रशिक्षकहरुलाई विभिन्न विषयवस्तुमा केन्द्रित रहेर सैद्धान्तिक, व्यवहारिक एवं समूहहरु निर्माण गरी प्रयोगात्मक सिकाइ पद्धति , खेल सिकाइ पद्धतिसमेत अवलम्बन गरी तालिम प्रदान गरिएको थियो । भने तालिममा सहभागीहरुलाई  विभिन्न विधाहरुमा मूल्याकंन गरी उत्कृष्टलाई पुरस्कृत समेत गरिएको थियो । सो अवसरमा  रोट्रयाक्ट डिष्ट्रिक ३२९२ का वर्तमान  डिआरआर  रोशन कुमार कार्की , प्रशिक्षक नानिकाजी खड्का , प्रदीप धिताल ,  २०२४/२५ का लागि  इलेक्ट डिआरआर दिनेश गैरे लगायतले फरक फरक शिर्षकमा  तालिम प्रदान गरेका थिए । आगामी रोट्रयाक्ट वर्ष २०२४/२५ लाई  फरक एवं प्रभावकारी ढंगले अगाडि बढाउने  र प्रशिक्षकहरुको भूमिकालाई पनि प्रभावकारी बनाउने उदेश्यले अहिले नै  देशभरबाट ४६ जना  प्रशिक्षकहरुलाई प्रशिक्षक प्रशिक्षण (TOT) कार्यक्रम सप्पन्न गरिएको वर्ष २०२४/२५ का डिआरआर  बिक्रम क्षेत्रीले बताए ।  तालिम कार्यक्रमको  सहजीकरण वर्ष २०२४ /२५ का लागि  रोट्रयाक्ट डिष्ट्रक तालिम निर्देशक अनुषा घिमिरे नेपाल लगायतले गरेकाे वर्ष २४/२५ का रोट्रयाक्ट डिष्ट्रिक मिडिया समन्वय अफिसर आविष्कार खनालले जानकारी दिए ।

प्रकाशित मिति : आइतबार, फाल्गुन २७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij