तिलोत्तमा
जानकीनगर आमा समूहको आयोजनामा पांच दिने क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सम्पन्न भएको छ।
तिलोत्तमा नगरपालिका वडा नं तीनका वडाध्यक्ष कल्याण प्रसाद पौडेलले महिलाहरुको क्षमतामा बृद्धि भए मात्र परिवार र समाजमा सकारात्मक प्रभाब पर्ने त्यसका लागि सकारात्मक सोचको बिकास आबश्यक रहेको बताउनुभयो । जानकीनगर आमा समूहका अध्यक्ष मन्जु गौतमले समूहको बार्षिक निति तथा कार्यक्रम अनुसार नै यस प्रकारको कार्यक्रम को आयोजना गरिएको बताउनुभयो।
पांच दिन सम्म संचालन हुने तालिम कार्यक्रम को समापन सत्रमा समूहका उपाध्यक्ष गिता रानाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम को संचालन सहसचिव ईन्द्रा जि सी ले गर्नुभएको थियो ।
सो अबसरमा सहभागी को तर्फ बाट शारदा सापकोटा, कमला ज्ञवाली ले तालिम निकै प्रभावकारी भएको बताउनु भयो सो अबसरमा समाजसेवी बसन्त जि सी,समूहका सल्लाहकार राममाया घिमिरे, जानकीनगर टोल विकास संस्थाका सचिब रीता शर्मा प्युठानीले तालिममा सिकेका कुराहरुलाई ब्याबहारमा उतार्न अनुरोध गर्नुभएको थियो। २६ जना सहभागी रहेको तालिमको सहजीकरण कल्पना शर्मा ले गर्नुभएको थियो ।
प्रकाशित मिति : आइतबार, फाल्गुन २७ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्