काठमाण्डाै – तिलाेत्तमा एक्स्ट्राटेक लिजेन्ड टी–१० कपकाे उपाधि २०१४ विश्वकप लिजेन्ड्सले जितेकाे छ । रुपन्देहीमा नवनिर्मित एक्स्ट्राटेक ओभल क्रिकेट मैदान उद्घाटनकाे अवसरमा आज भएकाे फाइनलमा रेस्ट अफ नेपाललाई १७ रनले हराउँदै २०१४ विश्वकप लिजेन्ड्सले उपाधि जितेकाे हाे ।
२०१४ विश्वकप लिजेन्ड्सले दिएकाे १ सय २ रनकाे लक्ष्य पछ्याएकाे रेस्ट अफ नेपालले १० ओभरमा ९ विकेट गुमाएर ८४ रन बनायाे । रेस्ट अफ नेपालका लाक्पा लामाले सबैभन्दा धेरै नट आउट २० रन बनाए । २०१४ विश्वकप लिजेन्ड्सका साम्सनजङ्ग थापाले ४ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको २०१४ विश्वकप लिजेन्ड्सले १० ओभरमा ७ विकेट गुमाएर १ सय १ रन बनायाे । २०१४ विश्वकप लिजेन्ड्सका कप्तान पारस खड्काले ३९ रन बनाए । रेस्ट अफ नेपालका लाक्पा लामाले ४ विकेट लिए ।
रेस्ट अफ नेपाल रुपन्देही लिजेन्ड्सलाई हराउँदै र २०१४ विश्वकप लिजेन्ड्स १९९६ लिजेन्ड्सलाई हराउँदै फाइनलमा पुगेका थिए ।
प्रकाशित मिति : सोमबार, फाल्गुन २८ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्