बुटवल- मुख्य राजमार्गमा गुड्ने ठूला सार्वजनिक सवारीसाधनकाे लापरबाही बढ्दो छ । त्यी ठूला सवारीसाधनले साना सवारीलाई हेप्ने प्रवृत्ति मुख्य राजमार्गमा गुड्ने ठूला सार्वजनिक सवारीसाधनकाे लापरबाही बढ्दो छ । त्यी ठूला सवारीसाधनले साना सवारीसाधन ( स्कुटर) लाई हेप्ने प्रवृत्ति बढेकाे भेटिएको छ । विभिन्न तरिकाले ठूला सवारीसाधनले साना सवारीलाई हेप्ने गरेकाे पाइएकाे हाे । मुख्य राजमार्गमा हिँड्ने ठूला सार्वजनिक सवारीले कहिले बाटाे नै मिचेर त कहिले अाेभरट्याग गर्ने बित्तिकै अगाडि राेकिदिँदा साना सवारी हैरान भएका हुन् । पछिल्लो समय स्कुटर चलाएर हिँड्ने प्राय सबै यस्ताे प्रवृत्तिले हैरान भएकाे बताउँछन् ।
यसै सन्दर्भमा केही घटना हेराैँ –
घटना १
देवदह नगरपालिका ९ भलुहीकी मुन्नी न्याैपाने पेशाले वकिल हुन् । उनी कहिले बुटवल बेलबास त कहिले बुटवल भैरहवा गरिरन्छिन् । प्राय स्कुटरमा हिँडिरहने उनी गत पाैस १९ गते अाफ्नाे कामकाे शिलशिलामा बुटवल नयाँगाउँ जाँदै थिइन् । मुन्नी प्राय अाफ्नै सवारीसाधन( स्कुटी) मा अाेहाेरदेहाेर गरिरहन्छिन् । बेलबास चाेक पुग्नै लाग्दा एक्कासी एक भ्यान साँझ ७:५६ मा उनकाे स्कुटीलाई उछिनेर झ्याप्पै राेकियाे । बुटवल यातायात प्रालिकाे सुपादेउराली दर्शन बुटवल ४ नम्बर वनगाई चन्द्राैटा रूटकाे लु १ ज २८८२ नम्बरकाे भ्यान अाेभरट्याग गर्ने बित्तिकै झ्याप्पै राेकिँदा झन्डै उनी दुर्घटनामा परिनन् । पेशाले वकिल उनी एक पटक मात्रै हाेइन पटक पटक यसैगरी झुक्किरहेकी छन् । भ्यान मात्रै हाेइन याे रूटमा चल्ने माइक्राे बसकाे पनि यस्तै पारा छ । उनी भन्छिन् – ” यी ठूला सवारीसाधनले साना सवारी विशेषगरी स्कुटीलाई साह्रै ह्याप्ने गर्छन् । स्कुटी त सवारीसाधन हाे नै भन्दैनन् । बाटाेकाे छेउबाट हिँड्दा पनि ठाेक्छन् कि जस्तै गर्छन् । ” अझ वर्षायामकाे समयमा त झन हिलाे र पानीसमेत नराम्ररी छ्यापेकाे उनकाे अनुभव छ ।
घटना २
बेलबासबाटै बुटवल अाउने क्रममा लु १ ज २७७७ नम्बरको बुटवल ४ नम्बर चन्द्राैटा रूटमा चल्ने भ्यानले मुन्नीलाई माघ ८ गते साँझ करिब ६ बजेकाे समयमा पुनः अाेभरट्याग गरी झ्याप्पै अगाडि राेकिदियाे । यसरी पटक पटक विभिन्न ठाउँमा ठूला सवारीसाधनले यस्ताे प्रवृत्ति गर्दा राजमार्गमा हिँड्न नपरे हुन्थ्याे भन्ने लागेकाे उनी बताउँछिन् । तर बाध्यता कामकाे शिलशिलामा उनलाई मुख्य राजमार्ग नै प्रयाेग गरी हिँड्नुपर्ने बाध्यता छ । यस्ताे घटना मुन्नीले पटकपटक बेहाेरिरहेकी छन् । बुटवल बेलबास गर्ने क्रममा हाेस् या बुटवल भैरहवा गर्ने क्रममा हाेस् भ्यान र माइक्रो बसहरूले यसैगरी अातंकित पार्ने गरेका छन् । उनी भन्छिन् – ” कैयाैँ पटक यस्तै गर्छन् । तर सधै गाडी नम्बर टिप्न र फाेटाे त खिच्न कहाँ सकिन्छ र ? यस्ताे त गनेर साध्य नै छैन् । प्राय यि सार्वजनिक सवारी भ्यान , माइक्रो बसले यसैगरी सताउँछन् ।”
घटना ३
तिलाेत्तमा नगरपालिका ९ कि सृजना पन्थी पनि प्रायः स्कुटरमा बुटवल भैरहवा गर्ने मध्य एक हुन् । उनी पनि बुटवल भैरहवा गर्ने क्रममा कैयौं पटक माइक्रो बसले झ्याप्पै उछिनेर राेक्दा झन्डै-झन्डै दुर्घटनाबाट बचेकी छन् । गत माघ १९ गते ३:५३ मा गते बुटवल जाने क्रममा तिलाेत्तमा १ ड्राइभरटाेलनिर लु १ ख ३६५१ नम्बरको माइक्रोबसले अाेभरट्याग गर्ने बित्तिकै राेक्याे । उनका हात खुट्टा थरथरी काँपे । झन्डै उनी पनि दुर्घटनाको शिकार भइनन् । एक पटक मात्रै हाेइन उनी पटक पटक यसैगरी यस्ताे घटनामा परेकाे बताइन् ।
अन्य घटनाहरू
मुन्नी र सृजना मात्रै हाेइन तिलाेत्तमा १ गिता मल्ल पनि धेरै पटक यसतै समस्यामा परेकाे बताउँछिन् । तर प्रमाणका लागि भने फाेटाे खिच्न र सवारीसाधनकै नम्बर टिप्न भने मेसाे नमिलेको बताइन् ।
यसतै समस्यामा तिलाेत्तमा घर भई बुटवलमा फाेटाेग्राफी र भिडियाे ग्राफी पेशा गर्दै अाएकी कमला तिवारी पनि बुटवल भैरहवा गर्ने क्रममा पटकपटक यसतै समस्यामा परेकाे बताइन् । गत पाैष २४ गते तिलाेत्तमा नगरपालिका मंगलापुर नजिक लु १ ख ३६६६ नम्बरकाे सवारीले अाेभरट्याग गर्ने बित्तिकै राेकेकाे थियाे। भने बुटवल भैरहवा रूटमै लु १ ख ३६५१ नम्बरकाे सवारीले पनि त्यस्तै गरेकाे उनले बताइन् । विगत ५ वर्षदेखि वकालत पनि गर्दै अाएकी उनी बुटवल-बेलबास र बुटवल-भैरहवाकाे रूटमा सवारी चालककाे लापरबाहीकाे कैयौंपटक सिकार भएकाे बताउँछिन् ।
यी माथिका त केवल उदाहरण मात्रै हुन् । मुख्य राजमार्गमा अाेहाेरदाेहाेर गर्ने क्रममा धेरै जना ठूला सवारीसाधनकाे हेपाईमा पर्ने गरेका छन् । तर कतिपय अवस्थामा प्रमाणका लागि गाडी नम्बर टिप्ने र फाेटाे नै खिच्न अनुकुल नहुने उनीहरू बताउँछन् । स्कुटरमा हिँड्ने प्राय सबै यस्ताे घटनामा पर्ने गरेकाे बताउँछन् । मुख्य राजमार्गमा ठूला सवारीसाधनले साना सवारीसाधनलाई हेपाहा प्रवृत्तिले हेर्छन् । साना सवारीसाधनलाई त गन्दै नगन्ने प्रवृत्ति छ । वर्षायामकाे समयमा पानी र हिलाेले पूरै ढाकिने गरि झ्यापिदिन्छन् । अझ चालकहरू र सहचालकहरूले उल्टै स्कुटी चालकलाई नै तथानाम गाली गर्ने गरेका उदाहरण प्रशस्त भेटिन्छन् । कतिपय अवस्थामा त सवारी चालकले घारे हात लगाउँदै स्कुटी चालकलाई सराप्दै हिँड्ने गरेकाे स्कुटर चालकहरूकाे गुनासाे छ ।
के भन्छन् त सवारी चालक ?
विगत पन्ध्र वर्षदेखि चालककाे रूपमा सवारी चलाउँदै अाएका सवारी चालक सविन नेपाल भन्छन् – ” याे सिधै लापरबाही हाे । त्यसरी अगाडि गएर अाेभरट्याग गर्नु ठिक हाेइन् । यसताे गर्दा दुर्घटनाको जाेखिम हुन्छ । अधिकांश सवारी चालकहरू यसै गर्छन् । ” उनले थपे ” सवारीसाधन राेक्नुपर्ने ठाउँमा पनि राेक्दैनन् । यता र उताबाट अाेहाेरदाेहर गर्ने ठाउँमै गाडी राेकिदिँदा सबैलाई अप्ठ्यारो पर्छ । ” तिलाेत्तमा १ का सविन बुटवल वनबाटिका रूटमा लामाे समयदेखि माइक्रोबस चलाउँदै अाएका उनी यस्ताे प्रवृत्ति गर्नेलाई कार्वाही गर्नुपर्ने बताउँछन् । यता बुटवल उपमहानगरपालिका ११ का २७ वर्षिय रविन शाही विगत ५ वर्षदेखि बुटवल भैरहवा रूटमा माइक्रोबस चलाउँदै अाएका छन् । उनी पनि यसताे व्यवहार गर्न नहुने बताउँछन् । बढीभन्दा बढी यात्रुकै लाेभका कारण सवारी चालकले जथाभावी अाेभरट्याग गर्दै राेक्ने प्रवृत्ति भएकाे उनले स्वीकार्छन् ।
किन गर्छन् यस्ताे प्रवृत्ति ?
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार याे सबै ट्राफिक जनचेतनाकाे कमीले हुने उल्लेख छ । सार्वजनिक सवारीसाधनका चालकहरूलाई यात्रु चढाउन र अाेराल्नै हतार हुने र यात्रुलाई पनि चढ्न र अाेर्लिनै हतार हुने कारण सवारी चालकहरूले यस्ताे प्रवृत्ति गर्ने गरेकाे र कतिपय समयमा यात्रुहरू एक पाइला पनि हिँड्न नचाहने बानीले यसताे समस्या अाउने कार्यालयले जनाएको छ । हालसम्म यसप्रकारकाे घटनाकाे कुनै उजुरी नअाएकाे तर अाउनासाथ सम्बन्धित सवारी चालकलाई कार्वाही गरिने र यसताे प्रवृत्तिले असुरक्षित महसुस भएमा कार्यालयमा तुरुन्तै सवारी नम्बरसहित सम्पर्क गर्न कार्यालयकाे अनुराेध छ । कुनै चालकले सवारी चलाउँदा लापरवाहीका साथ चलाउन हुँदैन भने सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा उल्लेख गरिएको भए पनि सवारी चालकले लापरबाही गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्