काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने मागलाई कायमै राखेको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले लामिछानेमाथि छानबिन गर्नुपर्नेमा गृहमन्त्रीको जिम्मेवारीमा पुग्नुभएको भन्दै यसले संशय पैदा भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री र सुरक्षा निकायको प्रमुखले पनि न्यायाधीशजस्तो गरी ‘क्लिनचिट’ दिएको बताउनुभयो ।
यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी ठगीको गम्भीरतापूर्वक छानबिन भइरहेको भनेको अवस्थामा त्यो रोकिएको र छानबिनको दायरामा रहेका व्यक्ति नै गृहमन्त्री बनेका गौतमले बताउनुभयो । संसदीय छानबिन समिति नबनेमा कांग्रेस संसद् अवरोध गर्ने तहसम्म पुग्ने उहाँले चेतावनी दिनुभयो ।
प्रकाशित मिति : आइतबार, चैत्र १८ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्