बुटवल १२ तामनगरमा बन्ने भयो उत्पीडित तथा गरिब जेहेन्दार विद्यार्थीका लागि छात्रावास

बुटवल १२ तामनगरमा बन्ने भयो उत्पीडित तथा गरिब जेहेन्दार विद्यार्थीका लागि छात्रावास

बुटवल-रुपन्देही जिल्लामा नै पहिलो उत्पीडित तथा गरिब जेहेन्दार विद्यार्थीका लागि छात्रावास भवन बुटवल १२ तामनगरमा बन्ने भएको छ ।

कुल बजेट २७ लाख ७४ हजार ७०७ रुपैया ७८ पैसा बजेट खर्च हुने गरि बन्न लागेको उत्पीडित तथा गरिब जेहेन्दार विद्यार्थीका लागी गौतम बुद्ध समता समाबेसि समाज छात्रावास भवन निर्माणको सोमबार बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले शिलान्यास गरेका हुन् । जसमा बुटवल उपमहानगरपालिकाको २५ लाख र उपभोक्ता समिति बाट २ लाख ७४ हजार ७०७ रुपैया ७८ पैसा रहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले यो छात्रबास निर्माण सिलान्यास कार्य एेतिहासिक भएको बताएका छन् ।
उक्त भवन निर्माण गर्दा भौतिक संरचनालाई ध्यान दिई बहुउद्देश्यीय रुपले भवन प्रयोगमा ल्याउन मिल्ने गरि बनाउन र पार्किङ सहितको अपाङ्ग मैत्री,बाल मैत्री संरचना बनाउन सुझाब दिए।

साथै नगर प्रमुख पाण्डेले छात्रावास मार्फत उत्पीडित तथा गरिब जेहेन्दार  समुदायका आर्थिक रुपमा बिपन्न जसको सहरमा घर छैन ,जेहेनदार बालबालिकाहरुले सहज रुपमा पढ्न पाउने हुनाले पनि उक्त छात्रावासको निर्माण गर्ने कार्य महत्वपुर्ण भएको बताएका हुन् । साथै उनले सरस्वती मा।बि का बिद्यार्थी लाई हरेक बर्ष विद्यालय पोसाक, कापी कलम लगायतका सामाग्री सहयोग गरेर विद्यालय प्रती आफ्नो दायित्व निर्वाह गर्न पनि गौतम बुद्ध समता समाज लाई सुझाव समेत दिए।यस भवन निर्माणले सरस्वती माध्यमिक विद्यालयलाई सहयोग पुग्ने समेत बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रवत्ता शिव रानाले पढ्न आउने उपेक्षित, उत्पीडित, कमजोर आर्थिक अवस्था भएका  विद्यार्थीलाई छात्रावास निर्माण भएपछि उच्च शिक्षामा सहज हुने अपेक्षा गरिएको बताए।

गौतम बुद्ध समता समावेशी समाजका अध्यक्ष दिपक विश्वकर्मा को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विश्वकर्माले दुर्गम क्षेत्रबाट पढ्न आउने  उपेक्षित, उत्पीडित, कमजोर आर्थिक अवस्था भएका परिवारका विद्यार्थीका निम्ति छात्रावासको व्यवस्था गर्न लागिएको बताए ।

उनले कार्यपालिका सदस्य कृष्ण सुनार ,सुनिता खल्डुङ ,बसन्ती बिश्वकर्माले कार्यपालिकाबाट पाएको बिकास बजेटको लागि क्रमश १०लाख १०लाख र पाच लाख रुपैया एेतिहासिक काम गर्नु पर्छ भनेर उत्पीडित ,गरिब,जेहेन्दार बिद्यार्थी हरुको लागि केही गर्नु पर्छ भन्ने हेतुले अगि बढेको र सबै को साथ सपोट को रहेकोमा कृतज्ञता व्यक्त गरे ।

बुटवल १२ का कार्यबाहक अध्यक्ष गंगादत्त पौडेलले उत्पीडित तथा गरिब जेहेन्दार विद्यार्थीलाई छात्रावास निर्माण भएपछि शिक्षामा सहज पहुँच हुने बताए ।
सरस्वती माबि विद्यालयको संरक्षणमा रहेको जग्गामा बन्ने भवनको पहिलो चरणमा कम्पाउण्ड को काम हुनेछ भने चारतले सुविधा सम्पन्न आवासीय भवन निर्माणको योजना रहेको छ। छात्रावास करिब पचास जना क्षमताको हुनेछ ।
कार्यक्रम कार्यपालिका सदस्य तथा सस्थाका उपाध्यक्ष कृष्ण सुनारको स्वागत र गोकुल विश्वकर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधी, राजनितिक दलका प्रतिनिधी लगाएतकोे सहभागिता रहेको थियो ।

प्रकाशित मिति : सोमबार, चैत्र १९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij