तिलोत्तमा वडा नम्बर तीन द्वारा वडा भेला, भित्तेपात्रो बिमोचन तथा नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

तिलोत्तमा वडा नम्बर तीन द्वारा वडा भेला, भित्तेपात्रो बिमोचन तथा नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

 

तिलोत्तमा

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं तीन मा नेपाली कांग्रेस वडा नं तीन ले वडा सम्मेलन तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न गरेको छ।

नेपाली कांग्रेसका जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिका का नगर प्रमुख रामकृष्ण खांणले तिलोत्तमा नगरपालिका का १७ वटा वडा मध्ये वडा नं तीन गतिशील वडाका रूपमा रहेको भन्दै प्रशंसा गर्नुभयो। कार्यक्रम मा वडा नं तीन ले प्रकाशन गरेको भित्तेपात्रो बिमोचन गर्दै उहाँले नेपाली कांग्रेस पार्टी ठूलो दलको रुपमा रहेको र पाटीका हरेक काम ब्यक्ति एक्लैको प्रयासले सफल नहुने हुंदा पाटीका हरेक कृयाकलापमा कार्यकर्ताले राम्रा कामको प्रचार प्रसार गरी पाटि सुदृढीकरण गर्नु आवश्यक छ भन्नुभयो । कार्यक्रम मा नेपाली कांग्रेस का महासमिति सदस्य चित्र बहादुर केसी ले पाटीका काममा अबसर र चुनौतीहरु आउने जाने भैरहन्छ तर ति चुनौतीको बाबजुत पनि अगाडी बढ्नुपर्ने बताउनुभयो। सो अबसरमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रतिनिधि खिमानन्द भट्टराई, तिलोत्तमा वडा नं तीन का वडाध्यक्ष कल्याण प्रसाद पौडेल, वडा नं दुई का वडा सभापति जोवानसिह ठकुरी, नेपाल ट्रेड युनियन नगर सभापति भरत भुसाल, बासुदेव भण्डारी लगायतले नयाँ बर्षको शुभकामना आदानप्रदान गर्नुभएको थियो।

तिलोत्तमा नगरपालिका वडा नं तीन का सचिव दिनेश मणि सुबेदी को संचालनमा भएको कार्यक्रममा अध्यक्ष द्वारा बार्षिक निति तथा कार्यक्रम सहितको प्रतिवेदन तथा कोषाध्यक्ष राजु प्रसाद उपाध्यायले बार्षिक आय व्यय को प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। करिब तिन सय कृयाशिल सदस्यहरु उपस्थित कार्यक्रम को स्वागत समितिका उपाध्यक्ष खेम नारायण अधिकारी ले गर्नुभएको थियो।

प्रकाशित मिति : शनिबार, चैत्र २४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij