लगानी सम्मेलन सफल बनाउन कुटनीतिक नियोग र विकास साझेदारलाई प्रधानमन्त्रीको आग्रह

लगानी सम्मेलन सफल बनाउन कुटनीतिक नियोग र विकास साझेदारलाई प्रधानमन्त्रीको आग्रह

sf7df8fF}, !& kmfu'gM k|d bfxfn k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú k|d sfof{no l;+xb/af/df laxLaf/ ePsf] rfn' cfjsf] gLlt tyf sfo{qmd / ah]6 sfof{Gjog ;dLIff a}7sdf lgb]{zg;lxt dGtJo /fVb}{ . tl:a/ M /Tg >]i7÷/f;;

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो वैशाख १६ र १७ गते हुन लागेको लगानी सम्मेलन सफल बनाउन नेपालमा रहेका कुटनीतिक नियोग र विकास साझेदारसमक्ष आग्रह गर्नुभएको छ ।

सिंहदरबारमा आज आयोजित नेपालमा रहेका कुटनीतिक नियोग एवम् विकास साझेदारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न विकास साझेदार र नेपालमा रहेका सबै देशका कुटनीतिक नियोगको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।

सङ्घीय सरकारका मन्त्रालयसँगै प्रादेशिक र स्थानीय सरकारका परियोजनालाई समान प्राथमिकतामा राखिएको जानकारी गराउँदै उहाँले लगानीमैत्री वातावरण बनाउन कानुन परिमार्जन, प्रक्रियागत सुधार गर्न र परियोजना अवधिभर लगानीकर्तालाई अवरोध हुन नदिने वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

उहाँले विद्यमान र सम्भावित लगानीकर्तालाई आवश्यक पर्ने कुनै पनि सहयोग उपलब्ध गराउन सरकार तयार रहेको बताउनुभयो । विभिन्न क्षेत्रमा विदेशी तथा स्वदेशी निजी लगानी आकर्षित गर्न सम्मेलन आयोजना गर्न लागेको प्रधानमन्त्रीको भनाइ थियो ।

प्रकाशित मिति : मंगलबार, चैत्र २७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij