जनउत्थान सामुदायिक लघुवित्तले विभिन्न कार्यक्रम गरि मनायो १४ औं वार्षिकोत्सव

जनउत्थान सामुदायिक लघुवित्तले विभिन्न कार्यक्रम गरि मनायो १४ औं वार्षिकोत्सव

बुटवल-बुटवलमा केन्द्रीय कार्यालय रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १४ औं वार्सिकोत्सब कार्यक्रम सम्पन्न भएको छ।
सञ्चालक समितिका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षतामा तथा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका उप निर्देशक जिवन प्रकाश पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका उप निर्देशक जिवन प्रकाश पाण्डेले संस्थामा आवद्ध समुह सदस्यहरुलाई लक्षित गरी संस्थाबाट उपलब्ध हुने कर्जा सुविधाको उपभोग गर्दा आफ्नो आवश्यकता र क्षमता अनुसारको कर्जा उपभोग गर्न सकेमा यसैबाट लखपति, करोडपति पनि बन्न सकिने, आफ्नो जीवन सरल र सहज बनाउन सकिने बताए ।
पछिल्लो समय बजारमा विभिन्न समुहहरुले लिएको ऋण तिर्नु पर्दैन राज्यले मिनाह गर्छ भन्ने खालका भ्रामक सन्देशहरु सम्प्रेषण गरेको भन्दै त्यसका पछि नलागी निर्धक्क भएर आफूले लिएको ऋणको सही सदुपयोग गरी तिर्नु पर्ने साँवा तथा ब्याज समयमा तिरी एक असल ऋणीको पहिचान स्थापित गर्न सुझाव दिएका छन् ।

संस्थाका अध्यक्ष बाबुराम विश्वकर्माले १४ औं वर्ष सम्मको निरन्तर यात्रामा विभिन्न चुनौती, आरोह अवरोहहरुका बीच पनि संस्थाको सफल सञ्चालन, संस्थाको उद्देश्य पूरा गर्न र संस्थाको सेवालाई प्रभावकारी बनाउन, गरिबी घटाउन, आयस्तर बढाउन, सीपको परिचालनबाट जीवन स्तर उकास्न संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । संस्थालाई साथ र सहयोग गर्नुहुने नेपाल राष्ट्र बैंकलगायत नियमनकारी निकाय तथा सरोकारवाला निकायहरु सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।

कार्यक्रममा संचालक समिती सदस्य एवम पूर्व अध्यक्ष तथा कर्मचारी सेवा सुबिधा समितिका संयोजक रेवन्त बिस्वकर्माले स्वाधीन अर्थतन्त्रका लागि समावेशी वित्तीय प्रणालीको निर्माण भन्ने उद्देश्यका साथ संस्थाले अंगिकार गरेको अवधारण र भिजन अनुसार आगामी दिनमा अझै विपन्न समुदायको हितमा काम गर्नुपर्नेमा जोड दिए ।

संचालक समिती सदस्य, सम्पत्ति शुद्धिकरण समितिका संयोजक मान बहादुर विश्वकर्मा (एम.बी), ले यस लघुवित्तले समाजमा आफुलाइ फरक किसिमले उभ्याउन सफल भएको बताए ।
कार्यक्रममा संस्थापक जोगलाल विश्वकर्मा, संस्थापक माधव प्रसाद नेपाल, वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री सुनिल कुमार रायले शुभकामना मन्तव्य राखेका थिए ।
सोही कार्यक्रममा विभिन्न बैंकिङ्ग समुदायबाट प्रतिनिधत्व गरी आउने सदस्यहरुले सफलताका कथा, कविता, गित तथा सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत सूर्य प्रसाद उपाध्यायले गरे भने  भरत कुमार रसालीकोे सञ्चालनमा सम्पन्न भएको हो  ।

१४ औं वार्षिकोत्सवको सन्दर्भमा संस्थाका ३९ वटै शाखा कार्यालयहरुमार्फत सामाजिक उत्तरदायित्वअन्र्तगत विभिन्न सामाजिक क्रियाकलापहरुहरु अपाङ्गता भएका छात्र, छात्राहरु, जेहन्दार तथा गरीव बालबालिकाहरुको गुणस्तरीय शिक्षाका लागि शैक्षिक सामाग्री वितरण, सामुदायिक विद्यालयहरुमा पंखा, वाटर फिल्टरलगायत भौतिक सामाग्री वितरण, दृष्टिबिहीन, स्वास्थ्य संस्थाहरुमा भौतिक सामाग्री वितरण, अपाङ्ग, जेष्ठ नागरिकहरुलाई सम्मान, अनाथ आश्रम तथा वृद्धा आश्राममा जिन्सी तथा खाद्यान्न सामाग्री वितरण, रक्तदान कार्यक्रम, सरसफाई तथा डस्टविन वितरण कार्यक्रम, फलफुल वितरण, स्थानिय प्रहरी चौकीहरुमा भौतिक सामाग्री वितरण, मन्दिर परिसर सरसफाई, कृषक सदस्यहरुलाई विऊविजन वितरण लगाएतका कार्यक्रमहरु गर्नुका साथै सम्पूर्ण शाखा कार्यालयहरुबाट सिर्जनात्मक कार्यहरु गरी मनाएको जानकारी संस्थाका प्रमुख कार्यकारीधिकृत श्री सुनिल कुमार रायले बताए ।

वित्तीय संस्थाले पर्सादेखि कञ्चनपुर सम्मका ११ वटा तराईका जिल्लाहरु र थप ८ वटा पहाडी जिल्लाहरु गरी जम्मा १९ वटा जिल्लाहरुमा ३९ वटा शाखा कार्यालय मार्फत करिव ४५ हजार समुह सदस्यहरुका माझ सेवा पु¥याउदै आएको छ ।

प्रकाशित मिति : मंगलबार, चैत्र २७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij