दीप प्लस टुमा बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न

दीप प्लस टुमा बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न

, बुटवल ।
बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुल (प्लसटु)मा सोमबार विदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूले कक्षा १२ को बोर्ड परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई परीक्षा सफलताको शुभकामनासहित मायाको चिनो प्रदान गरी विदाई गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अभिभावक महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष हेमबहादुर थापाले कक्षा १२ को बोर्ड परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई परीक्षा सफलताको शुभकामना दिँदै सफलताका लागि लगनशील, धैर्य र अनुशासनपूर्वक अहोरात्र मिहिनेत गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी विशिष्ट अतिथि वि.व्य.स.अध्यक्ष तथा रोटरी क्लब ३२९२ का डिस्ट्रिक्ट गर्भनर राजेन्द्रप्रसाद ढोँजूले दीप प्लसटुको शैक्षिक गतिविधिमा योगदान गर्नुहुने शिक्षक र कर्मचारीहरूलाई धन्यवाद दिँदै कक्षा १२ का विद्यार्थीहरूले सफलताका लागि समयको सही सदुपयोग गर्नुपर्ने बताउनुभयो भने प्राचार्य टीकाराम न्यौपानेले पढाइसँगै सिकाइ र व्यवहारापयोगी सिपयुक्त संस्कारको आवश्यकता पर्ने बताउनुभयो । त्यसैगरी विज्ञान सङ्काय संयोजक कमल नेपालले विद्यार्थीहरू परीक्षामा आत्तिन नहुने र उपलब्ध समयलाई अवसरका रूपमा लिई पढाइमा खर्चिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा २ वर्षभन्दा बढी दीप बोर्डिङको प्लसटुमा अध्यापन तथा कार्य गर्नुभएका शिक्षक र कर्मचारीहरूलाई सम्मान गरिएको थियो भने शैक्षिक सत्र २०८० मा सञ्चालित खेल सप्ताहमा क्रिकेट, भलिबल, टेबलटेनिस, ब्याडमिन्टन, फुटवल, दौडलगायत खेलका विजेता र उपविजेतालाई मेडल प्रदान गरिएको थियो । त्यसैगरी प्लसटु खुलेको पूरै दिन विद्यालयमा हाजिर हुने, विदाई कार्यक्रममा नृत्य र भाग लिने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा विद्यालयको प्लसटुतर्फ बिहानी सत्रमा केवल रानाको अध्यक्षता र दिवा सत्रमा कसिस पाठकको अध्यक्षतामा गठित दीप स्टुडेन्ट क्लबका पदाधिकारीहरूलाई समेत ब्याचसहित जिम्मेबारी प्रदान गरिएको थियो ।
कक्षा ११ विद्यार्थी केवल रानाको अध्यक्षता, विद्यालयका प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य द्वय कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, वि.व्य.स. सदस्य वसन्त कुमार जोशी, वि.स.स.सदस्य प्रविणमान श्रेष्ठ, विष्णुमाया श्रेष्ठ, कक्षा ११ र १२ का सहसंयोजक अमर खत्रीलगायतको आतिथ्यमा सम्पन्न कार्यक्रममा कक्षा ११ का विद्यार्थी शुभम् भुसालले स्वागत र कक्षा १२ की रीतिका अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेयले गर्नुभएको थियो ।
कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरूले गीत र नृत्य प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : सोमबार, बैशाख ३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij