गुल्मी – गुल्मीमा आफ्नै घरमा आगो लगाउने व्यक्तिलाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा धुर्कोट गाउँपालिका–६ रजस्थलका ५९ वर्षीय रेखबहादुर परियार रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शङ्कर पोख्रेलले जानकारी दिनुभयो ।
परियारले अत्यधिक मात्रमा जाँड–रक्सी आएर गए राति आफू बस्ने घरमा आगो लगाएका थिए । आगलागीबाट घरभित्र रहेको अन्नपात एवम् लत्ताकपडा जल्नुका साथै घरसमेत नष्ट भएको छ ।
घरमा आगो लागेपछि अलपत्र अवस्थामा रहनुभएकी रेखबहादुरकी श्रीमतीलाई जिल्ला प्रशासन कार्यालयले तत्कालका लागि राहत रकम उपलब्ध गराएको छ ।
प्रकाशित मिति : सोमबार, बैशाख १० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्