बुवा बाबुलाल विश्वकर्माको स्मृतिमा आश्रममा भोजन र खाद्यान्न दान

बुवा बाबुलाल विश्वकर्माको स्मृतिमा आश्रममा भोजन र खाद्यान्न दान

 

बुटवल-पछिल्लो समय पितृकार्यमा हुने खर्च कटाएर मानवीय सेवामा खर्चगर्न थालेका छन् । विभिन्न संघ संस्थाद्वारा संचालित मानव आश्रमहरुमा सहयोग गर्ने सामाजिक भावनाको विकास हुँदै गएको छ ।

समाजका असहाय, अशक्त, बेसहारा, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडक आश्रित मानवको उद्धार एवं पालनपोषणमा सहयोग पुर्या‍उने लक्ष्यसाथ पितृको स्मरणमा सहयोग गर्ने चलन बढेको हो ।

गुल्मी धुर्कोट ४ जैसीथोक घर भइ हाल बुटवल  ११  निवासी राजकुमार बिकले लुम्बिनी अपागं दृष्टिविहिन अनाथ आश्रम मा खाद्यान सहयोग गरेका छन् । बुटवल १५ उजेलापुरमा रहेको आश्रममा स्व.बुवा बाबुलाल विश्वकर्माको  पित्रि कार्यकाे अवसर पारेर  आश्रितहरुका लागि एक छाक खाना सहित खाद्यान्न सहयोग गरेका हुन् । आश्रममा बिकले चामल, आलु ,दाल, नुन, तरकारी,साबुन बिस्कुट चिउरा सरफ तेल लगायत सहयोग गरेको बताए ।

बुवाको सम्झनामा एक दिनको खाना र खाद्यान्न सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै सबै जनाले आफ्नो सुभ कार्य,पितृ कार्य तथा अन्य कार्यमा आश्रममा सहयोग गर्नुपर्ने समाजसेवी राजकुमार बिकले बताए । उनले अनावश्यक फजुल खर्च गर्नु भन्दा मानव सेवाका लागि खर्च गर्दा आत्मा सन्तुष्टिका साथै अरुको जिवन बचाउन सहयोग पुग्ने भएकाले स्वर्गीय बुवाको स्वर्गारोहण भएको तिथिमा हरेक बर्ष विभिन्न आश्रमहरुमा भोजन दान गरेको बताए ।

सो अवसरमा आश्रमका उपाध्यक्ष लिलाराम रोका मगरले यस आश्रममा आश्रितलाई खाना र खाद्यान्न सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै संस्था सन्चालन गर्न बिभिन्न संघ संस्थाको सहयोगले नै चलेकोले अरु विभिन्न व्यक्ति र संघसंस्था संग सहयोगको अपेक्षा गरे ।
आश्रममा हाल २० जना वालबालिका,९जना दृष्टिविहिन ,३ जना शारिरिक अपागंता,२ भोलिन्टियर गरी ३४ जना आश्रीत रहेका छन् ।

प्रकाशित मिति : बुधबार, बैशाख २६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij