सैनामैना
सैनामैना ६ कलौनीमा रहेकाे द वेलनेज जिमले पहिलो वार्षिकोत्सवविविध कार्यक्रमका गरी सम्पन्न गरेको छ। कार्यक्रम सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि शर्माले पछिल्लो समय शारीरिक तन्दुरुस्तीको लागि जिम फिटनेस सेन्टरकाे महत्त्व बढेकाे बताए । अहिलेकाे समय भाैतिकरूपमा भन्दा मानसिकरूपमा मानिसलाई कामकाे बाेझ बढी पर्ने भएकाले शरीरमा अनावश्यकरूपमा माेटाेपना बढ्दै गएकाे बताउँदै यसका लागि जिम अथवा फिटनेस सेन्टरको महत्त्वपूर्ण भूमिका रहेकाे बताए ।
कार्यक्रममा सैनामैना नगरपालिकाका वडाहरुका वडा अध्यक्षहरू, मिस्टर एसिया २०२३ तेस्रो विजेता , मिस्टर नेपाल फस्ट रनरअप , कृष्ण श्रेष्ठ , गोल्ड मेडलिस्ट मास्टर्स , विकास थापा , सैनामैना जिम हाउसका सञ्चालक प्रकाश केसी, मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द खनाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
जिम सेन्टरबाट एक हप्ता अघि आयोजना गरिएको विभिन्न खेलहरूबाट विजेता २१ जनालाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
जिमका सञ्चालक सागर चापागाईंकाे अध्यक्षता रहेकाे कार्यक्रमकाे सञ्चालन सक्षम चापागाईंले गरेका थिए भने कार्यक्रममा स्वागत जिमका एम पोखरेेेलले गरेका थिए ।
प्रकाशित मिति : बुधबार, बैशाख २६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्