तिलाेत्तमा –राष्ट्रिय युवा संघ नेपालको ३५ औं स्थापना दिवसको अवसरमा तिलोत्तमा नगर कमिटीले विविध कार्यक्रम गरेकाे छ । जसअन्तर्गत पूर्व सन्ध्यामा रूपन्देहीको तिलाेत्तमा १५ कोटिहवाको अविनाश अनाथ अाश्रममा शैक्षिक सामाग्री वितरण गरिएकाे हाे । अाश्रममा रहेका बालबालिकाहरूका लागि कापी , कलम , इरेजर , सापनर , कलरलगायतका रू ८ हजार बराबरका शैक्षिक सामग्री अाश्रममा हस्तान्तरण गरिएको नगर सचिव सतिश सापकोटाले बताए । हाल अाश्रममा साहाराबिहिन १९ जना बालबालिका रहेका छन् । आश्रमका अध्यक्ष कृष्ण ज्ञवालीले युवा संघकाे कामले आश्रमका बालबालिकाहरूकाे लागि हाैसला थपिएको बताए । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय लेखा आयोग सदस्य ईश्वर न्यौपानेले विभिन्न समयमा राष्ट्रिय युवा संघले सामाजिक कामलाई जाेड दिएकाे बताए । जिल्ला कमिटी सचिव दिपेश कडेलले स्थापना दिवसकाे अवसरमा यश किसिमको काम गर्नु निकै प्रंशायाेग्य रहेकाे बताए । जीवन पाण्डेकाे अध्यक्षता रहेकाे कार्यक्रममा प्रदेश सदस्य शंकर पाण्डे , जिल्ला सचिव दिपेश कडेल , जिल्ला सचिवालय सदस्य सञ्जय माली , जिल्ला सदस्य , गणेश न्यौपाने , जिल्ला विभाग सदस्य ववी माली , रिटर्नी फेडेरेशसन तिलोत्तमा कमिटी अध्यक्ष सन्तोष अर्याललगायतले बाेलेका थिए । सचिव सतिस सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा कमिटीका कोषाध्यक्ष उमेश कार्कीले स्वागत गरेका थिए ।
प्रकाशित मिति : सोमबार, बैशाख ३१ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्