गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगर शाखाको अध्यक्षमा पुनः ज्ञवाली

गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगर शाखाको अध्यक्षमा पुनः ज्ञवाली

 

भैरहवा-गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको शाखाको पाँचौ अधिवेशन तथा सम्मान कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ ।

अधिवेशनले पुनः केशवराज ज्ञवालीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । व्यवसायी समेत रहेका ज्ञवाली विभिन्न संघ–संस्थामा आबद्ध छन् । समाजको प्रथम उपाध्यक्षमा शालिकराम पाण्डे, द्वितीय उपाध्यक्ष मञ्जु पाण्डे, सचिवमा अर्जुन प्रसाद गौतम, सह–सचिवमा शेखरनाथ पन्थी र कोषाध्यक्षमा पुरुषोत्तम भण्डारी रहेका छन् ।

त्यस्तै सदस्यहरुमा राम प्रसाद पोखरेल, दुर्गा के.सी., चन्द्र लक्ष्मी कुंवर, लक्ष्मी खनाल, सीता भण्डारी, दुर्गा ज्ञवाली खनाल, अर्जुन कुंवर, ईश्वरी कुंवर र मोती बहादुर थापा निर्वाचित भएको समाजले जनाएको छ । पाँचौ अधिवेशनको लुम्बिनी प्रदेश सरकारका सहकारी विकास तथा खानेपानी मन्त्री भुमिश्वर ढकालले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : आइतबार, जेष्ठ ६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij