JanataToday.com

Advertisment

SKIP THIS

स्थानीयहरुको समस्या पहिचान र समाधान गर्न स्थानीयसँग लुम्बिनी कार्यशाला

स्थानीयहरुको समस्या पहिचान र समाधान गर्न स्थानीयसँग लुम्बिनी कार्यशाला

लुम्बिनी-लुम्बिनी विकास कोषले विहिबार  स्थानीयसँग लुम्बिनी कार्यक्रम अन्तर्गत समस्या पहिचान सम्भावना र समाधान बिषयक कार्यशाला गोष्ठि गरेको छ ।
बुद्धजन्मस्थल लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रका स्थानीयहरुसँग सहकार्य र साझेदारी सँगसँगै गर्ने उदेश्यका साथ गोष्ठिको आयोजना गरिएको कोषले जनाएको छ । उक्त अवसरमा कोष र स्थानीय समुदायविच आपसी समन्वय र सहकार्यका साथ अघि बढ्नुनपर्नेमा जोड दिइएको छ । कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले नीतिगत रुपमा स्थानीय समुदायसँग सहकार्य गरी सँगसँगै अगाडि बढ्नका लागि स्थानीयसँग लुम्बिनी कार्यक्रम राखिएको बताए । उनले लुम्बिनी विकास कोषसँग स्थानीयहरुविच संवाद र छलफल नहुँदा कतिपय बिषयमा एकमत हुन नसकेको बताउँदै त्यसलाई चिर्दै स्थानीयको समस्या पहिचान गर्ने र समाधान गर्ने गरी स्थानीयसँग लुम्बिनी कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर–उपप्रमुख कल्पना हरिजनले  ुद्धजन्मस्थल लुम्बिनीको विकासका लागि स्थानीय सरकार सहयोग र सहकार्य गर्न तयार रहेको तर समन्वय र सहकार्य नहुँदा समस्याहरु देखा परेको बताईन । उनले कोषबाट स्थानीयहरुलाई लाभसँगै साथमै लिएर हिड्ने गरी योजना अगाढि बढाउनुपर्ने बताईन । कार्यक्रममा लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपती प्रा. डा. सुवर्णलाल शाक्यले बुद्धजन्मस्थल लुम्बिनीमा केन्द्रीय क्याम्पस स्थापना गरेर आफुहरुले बौद्धशिक्षा र दर्शनलाई अगाडि बढाउने काम गरेको बताए ।
यस्तै लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्थानीयहरुको समस्यामा आफुहरु संवेदनशिल रहेको बताउँदै समस्याहरुको पहिचान गरी समाधान गर्ने गरी योजना बनाउन कार्यशाला सफल हुने बताए । उनले स्थानीयहरुको लुम्बिनी विकास कोषसँग गुनासाहरु बारम्बार आइरहने भएकाले स्थानीयहरुसँग छलफल गर्न थालिएको बताए । गोष्ठिमा स्थानीय समुदायले लुम्बिनी गुरुयोजना क्षेत्रभित्र मात्रै विकास भएको, स्थानीयहरुसँग सहकार्य र समन्वय नभएको, विकासमा स्थानीय पालिकासँग समन्वय र सहकार्य बढाउनुपर्ने, मायादेवी मन्दिर क्षेत्रमा परम्परादेखि गरिदै आएको पूजाआजालाई सहज बनाउनुपर्ने लगायतका सुझावहरु राखेका थिए ।
 कार्यक्रममा यूएनडिपि गण्डकी लुम्बिनीका निर्देशक सुदीप अर्याल, वन डिभिजन कार्यालय रुपन्देहीका डिभिजन वन अधिकृत प्रभात सापकोटा,  लुम्बिनी साँस्कृतिक नगरपालिकाका वडाअध्यक्षहरु, सन्ताेषी पाण्ड्य घसंस्थाका प्रतिनिधि एंव स्थानीय सरोकारवालाहरुले विभिन्न सुझावहरु राखेका थिए । कार्यशालाले  स्थानीयहरुको समस्या र सुझाव सहितको प्रतिवेदन तयार पार्नका लागि सुदीप अर्यालको संयोजकत्वमा ९ सदस्यीय समूह गठन गरेको छ ।
 सदस्यहरुमा प्रभात सापकोटा, बलबहादुर आचार्य, गंगाराम कहार, रामविकास चौधरी, पुरुषोत्तम अर्याल, सन्तोष गिरी, बब्लु गुप्ता र कमलेश वर्मा रहेको समिति गठन गरिएको हो । यो समूहले स्थानीयहरुको समस्या पहिचान गरेपछि अर्को चरणमा फेरी गोष्ठि गरेर कार्ययोजना तयार पारिने कोषले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ १७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij