तिलोत्तमा – १९ जेठ
कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था ले सहकारी शिक्षा तालिम तथा सरसफाई कार्यक्रम आज सम्पन्न गरेको छ ।
सस्थाका अध्यक्ष अर्जुन प्रसाद सापकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रम तिलोत्तमा नगरपालिका वडा नं तीनमा रहेको बिग चियर होटल मा भयको हो । शिक्षा उप समितिका संयोजक अन्जु ज्ञवालीको अध्यक्षतामा भयको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका सहकारी शाखाका प्रमुख गुणाखर खनालले सहजीकरण गर्नुहुँदै सहकारी संस्थाहरु आफैले नियम र बिधानमा रहेर काम गरे जोखिम कम हुने बताउनु भयो । सहकारीको विकास को लागि सहकारी संस्था का आ-आफ्ना कार्यक्षेत्रमा रहेर ऋण उपलब्ध गराउने तथा ऋणको मूल्याङ्कन गर्दा समिति कुनै प्रभाबमा नपरी निष्पक्ष काम गर्न सुझाव दिनुभयो। सहकारीका समिति, उपसमिति तथा केहि सेयर सदस्यहरु उपस्थित सो तालिममा संस्थाका कोषाध्यक्ष हरि प्रसाद बस्याल ले स्वागत गर्नुभएको थियो भने सचिव कल्पना शर्मा ले तालिमको संचालन गर्नुभएको थियो।
त्यसैगरी संस्थाले आज नै सामाजिक उत्तरदायित्व अन्तर्गत सीताराइसमिल देखि नमुना चोक सम्म सरसफाई कार्यक्रम समेत सम्पन्न गरेको संस्थाका उपाध्यक्ष प्रभा भण्डारी घिमिरे ले जानकारी दिनुभयो।
प्रकाशित मिति : शनिबार, जेष्ठ १९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्