शनिबार, कार्तिक २१ २०८३
बुधबार, जेष्ठ २३ २०८१
प्राधिकरणले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको योजनामा मनसुन शुरु भएदेखि अन्त्य नहुँदासम्म राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रमा नियमित कमान्ड पोस्टमा रहेर कार्य गरिने उल्लेख छ । अस्ति सोमवार उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसहित प्राधिकरणको कार्यकारी समिति बैठकले याे कार्ययोजना पारित गरेको थियो ।
प्राधिकरणले यस वर्ष १८ लाख एक हजार जना मानिस र चार लाख घर प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले साप्ताहिक, तीन दिन र एक दिन अगाडिको मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर जोखिम आकलन गरी पूर्वतयारी र प्रतिकार्य योजना प्रभावकारी कार्यान्वयन गरिने बताउनुभयो । उहाँका अनुसार प्राधिकरणले विभिन्न मन्त्रालय र निकायसँग समन्वय गरी काम गर्नेछ ।
यसैबीच प्रतिनिधि सभा बैठकमा बोल्दै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले कमान्ड पाेस्टले विपद्अघिको पूर्वतयारीदेखि विपद्पछि गर्नुपर्ने सबै प्रकारका काम गर्ने बताउनुभयो । उहाँले दैविक सहायता कोष प्रदेश, जिल्ला र सबै पालिकाका विपद् कोषहरूमा गरी कुल ६ अर्ब ७८ करोड ३६ लाख रुपैयाँ मौज्दात रहेको पनि बताउनुभयो ।
प्रकाशित मिति : बुधबार, जेष्ठ २३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७ सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७ प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३ तिलोत्तमा नगरपालिका-२, रुपन्देही इमेल : [email protected]
अध्यक्ष तथा प्रबन्ध निर्देशक सिता गौतम बराल सम्पादक फूलमाया सुनार
© 2026 janatatoday.com All Right Reserved | Site by : sobij
प्रतिक्रिया दिनुहोस्