विश्व वातावरण दिवसकाे अवसरमा संयुक्त वृक्षारोपण तथा सरसफाइ गरिएको छ । बुटवल महिला जेसिज र बुटवल जेसिज वर्ष २०२४ काे अायाेजनामा बुधबार संयुक्तरूपमा वृक्षारोपण गरिएको हाे ।
हाम्रो भूमि, हाम्रो भविष्य भन्ने नाराका साथ जेसीज उद्यान कालिकानगर बुटवलमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हाे । प्रत्येक महिना विभिन्न रचनात्मक कार्यक्रम गर्दै अाएकाे महिला जेसीजले वातावरणप्रतिकाे जिम्मेवारी बाेध भएकोले सरसफाइ र वृक्षारोपण गरेकाे जनाएको छ ।
बुटवल जेसीजका अध्यक्ष विनाेद घिमिरेले कार्यक्रमकाे बारेमा प्रकाश पार्दै बाेटबिरूवा राेप्नु हामी सबैकाे दायित्व भएकाे बताए ।
घिमिरेले कुनै दिवस मात्रै नभएर हरेक समय बाेटबिरूवा राेप्नु पर्ने र राेपिएका बाेटबिरूवाकाे मलजल गर्दै संरक्षण पनि गर्न जरूरी रहेकाे बताए ।
कार्यक्रममा बुटवल जेसीज वर्ष २०२४ का सल्लाहकार तथा बुटवल महिला जेसीज वर्ष २०२४ का सल्लाहकार कल्पना पाण्डे , रााधिका पोखरेललगायतले बाेलेका थिए ।
जेसी अपूर्वा खनालले आस्था पाठ गरेकोे कार्यक्रमकाे सञ्चालन बुटवल जेसीजका महासचिव केशव श्रीस र स्वागत गाेकर्ण खरेलले गरेका थिए भने बुटवल महिला जेसीज वर्ष २४ का अध्यक्ष संगीता ढकालले कार्यक्रममा उपस्थितलाई धन्यवाद व्यक्त गरेकी थिइन् ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्