काठमाडौँ : गर्मी चर्किएसँगै देशभरि नै डेंगुका विरामी बढ्दै गएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को विवरणअनुसार यस वर्ष हालसम्म ७१ जिल्लामा डेंगुका विरामी देखिइसकेका छन्। हालसम्म ७१ जिल्लामा १ हजार १३० जना डेंगुका विरामी भेटिएका छन्।
यो अवधिमा सबैभन्दा धेरै संक्रमण काठमाडौँ जिल्लामा देखिएको छ। ईडीसीडीको विवरणअनुसार हालसम्म काठमाडौँमा ११४ जना, झापामा १११ जना, चितवनमा ७३ जना, मकवानपुरमा ५८ जना विरामी भेटिएका छन्।
यीबाहेक अरू जिल्लामा डेंगुका विरामीको संख्या ५० भन्दा कम छ तर हालसम्म यस वर्ष डेंगु संक्रमणबाट कुनै पनि विरामीको मृत्यु भएको छैन।
प्रदेश स्तरमा हेर्दा हालसम्म बाग्मती प्रदेशमा डेंगुका सबैभन्दा धेरै विरामी भेटिएका छन्। हालसम्म बाग्मती प्रदेशमा ३९० जना डेंगुका विरामी छन् भने कोशी प्रदेशमा २७२ जना, मधेस प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा १७५ जना, लुम्बिनी प्रदेशमा १३२ जना, कर्णाली प्रदेशमा १६ जना र सुदूरपश्चिम प्रदेशमा ११५ जना रहेका छन्।
प्रकाशित मिति : मंगलबार, जेष्ठ २९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्