लुम्बिनी र सुदुरपश्चिम प्रदेश प्रमुखबिच भेटघाट

लुम्बिनी र सुदुरपश्चिम प्रदेश प्रमुखबिच भेटघाट

बुटवल-लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र सुदुरपश्चिम प्रदेश प्रमुख नजिर मियाँबिच आइतबार बुटवलको प्रदेश प्रमुख कार्यालयमा शिस्टाचार भेटघाट भएकाे छ । सुदुरपश्चिम प्रदेश प्रमुख नियुक्त भएपछि पहिलोपटक लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा आउनुभएका मियाँलाई प्रदेश प्रमुख शेरचनले खादा लगाइदिएर स्वागत गर्नुभयो । सो अवसरमा सुदुरपश्चिम प्रदेश प्रमुख मियाँले लुम्बिनी प्रदेश प्रमुखको स्वास्थ्य स्थितिबारे जानकारी लिनुहुदै स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । भेटघाटका क्रममा दुबै प्रदेश प्रमुखबिच प्रदेश प्रमुखको कार्यालय संचालनका बारेमा अनुभव आदानप्रदान भएको थियो । सो अवसरमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश संचालन गर्न प्रदेश सरकारले नै आवश्यक जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औंलाउनुभयो । भेटघाटमा लुम्बिनी प्रदेश प्रमुखको कार्यालयका कर्मचारी र दुबै प्रदेश प्रमुखको सचिवालयको टोलिको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : आइतबार, असार ३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij