गुल्मी – तम्घास–सिमलटारी सडकखण्डअन्तर्गत छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्रयाक्टर रेसुङ्गा नगरपालिका–४ रायढुङ्गामा दुर्घटना हुँदा ६ वर्षीय बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार दुर्घटनामा मालिका गाउँपालिका–२ का ६ वर्षीय शिव विकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि गुल्मी अस्पताल ल्याउनेबित्तिकै अस्पतालले मृत घोषणा गरेको थियो ।
दुर्घटनामा ट्याक्टर चालक गुल्मीको धुर्कोट गाउँपालिक–५ वस्तुका २६ वर्षीय दीपक गोतामे र सहचालक बागलुङ बडिगाड गाउँपालिकाका १९ वर्षीय राजकुमार विक घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि पाल्पा पठाइएको छ ।
प्रकाशित मिति : शुक्रबार, असार १५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्