बुटवलको शिवनगर सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । लुम्बिनी वेल्फेयर साेसाइटी नेपालकाे अायाेजनामा अाइतबार सामुदायिक वनभित्रकाे मन्दिर परिसरमा १३० वटा अाँपका बिरुवा राेपिएकाे हाे । कार्यक्रममा बाेल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बिरुवाहरू लगाएर मात्रै नहुने भन्दै यसकाे उचित संरक्षण गर्नुपर्ने बताए । नगरप्रमुख पाण्डेले समाजमा अहिले राम्रो काममा खासै प्रयास नगर्ने बताउँदै सकारात्मकभन्दा नकारात्मक कुरातर्फ मात्रै सबैकाे ध्यान गइरहेकाे बताए । उनले नागरिकले नगरलाई मात्रै दाेष नदिई अाफ्नाे कर्तव्य पनि निभाउन अाग्रह गरे । उनले सामुदायिक वनकै माध्यमबाट अहिले हराभरा भएकाे बताउँदै भाैतिक विकाससँगै मानवीय विकासलाई पनि जाेड दिँदै अाएकाे बताए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रविन्द्रनाथ पंगेनीले स्वागत गर्दै संस्थाले विभिन्न समयमा सामाजिक कामहरू गरिरहेको बताए । अध्यक्ष डि एल शर्माले कार्यक्रमकाे समापन गर्दै २०६६ सालमा स्थापना भएको संस्थाले विभिन्न क्षेत्रमा काम गरेकाे बताए । उनले सडक दुर्घटना , महिलाहरूप्रतिकाे अत्याचारका विरुद्ध , विदेशमा अलपत्र अवस्थामा रहेका विभिन्न व्यक्तिहरूलाई सहयोगलगायतका अनगिन्ती काम गरेकाे बताए । उनले वृक्षारोपण गर्दा विभिन्न फाइदा हुने भन्दै फलफूलका बिरुवा मात्रै राेप्ने संस्थाकाे उदेश्य रहेकाे बताए । वृक्षारोपणका लागि विदेश र स्वदेशमा रहेका संस्थाका विभिन्न व्यक्तिले बिरुवाहरू उपलब्ध गराइएका थिए । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल , ११ नम्बर वडा अध्यक्ष राम चन्द्र क्षेत्री , वडा नम्बर ६ का अध्यक्ष लाेकनाथ न्याैपाने , संस्थाका सल्लाहकारहरू खगेन्द्र रेग्मी , लाेकनाथ भुसाल , हुमनाथ तिवारी , काैशल बस्याल , रामचन्द्र बस्याल , प्रतिभा पाण्डे , उमाकान्त बस्याललगायतको उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन महासचिव ध्रुव पाण्डेले गरेका थिए ।
प्रकाशित मिति : आइतबार, असार २४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्