काठमाण्डौ – गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ गुम्दाको रेसेफाँटमा पहिरोमा परी पाँच जना बेपत्ता भएका छन् । पहिरोले कृषि फर्म र एउटा घर बगाउँदा कृषि फर्म सञ्चालक जितबहादुर गुरुङको तीन जनाको परिवारसहित पाँच जना बेपत्ता भएका हुन् ।
जितबहादुरसहित श्रीमती कान्छी गुरुङ, उहाँका बुवा ६० वर्षीय सुलाल कान्छा गुरुङ, स्थानीय रमेश गुरुङ, ठेगाना नखुलेका ट्याक्टर चालक रमेश परियार बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पहिरोमा परेका दुई जनाको भने छिमेकीले उद्धार गरेका छन् ।
पहिरोले कृषी फर्म र घर बगाउँदा पाँच जना बेपत्ता भएका जानकारी पाए लगत्तै प्रहरी चौकी बारपाक र माछाखोलाबाट प्रहरी पठाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आइसकेको छैन ।
प्रकाशित मिति : आइतबार, साउन १३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्