काठमाण्डाै – निर्वाचन आयुक्तमा सिफारिश कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने निर्णय गरेकाे छ । समितिकाे आजकाे बैठकले प्रधानकाे नाम अस्वीकृत गर्ने निर्णय गरेकाे हाे ।
यसअघि निर्वाचन आयुक्तमा सिफारिश कृष्णमान प्रधानले आजै संसदीय सुनुवाइ समितिबाट आफैँ नाम फिर्ता लिनुभएको थियाे । समितिले अनुमोदन गर्न अस्वीकार गर्नुअघि नै प्रधानले निवेदन दिएर आफ्नो नाम फिर्ता लिनुभएको हो ।
यौन शोषणको आरोप लागेका प्रधानको बारेमा पीडित महिलाले समितिमै आएर बयान दिएकी थिइन् । पीडितसहित चार वटा उजुरी परेकोमा समितिले उजुरीकर्तासँग छलफल गर्दा घटना भएको तथ्य प्रमाण फेला पारेको थियो ।
गएको असार २ गते संवैधानिक परिषद्को बैठकले प्रधानको नाम निर्वाचन आयुक्तका लागि सिफारिश गरेको थियो ।
प्रकाशित मिति : सोमबार, साउन १४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्