बुटवल -उद्यमशील साधना केन्द्र बुटवलमा साउन १५ खीर खाएर मनाइएको छ । बुटवल ११ याेगिकुटीमा रहेकाे उद्यमशील ट्रेनिङ सेन्टरमा चलिअाएकाे परम्परालाई कायम राख्नका लागि उद्यमशील साधना केन्द्रकाे अायाेजनामा खीर खाएर साउन १५ मनाइएको हाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पतन्जली याेग समिति रूपन्देहीका अध्यक्ष राजन नेपालले खीरले मानव शरीरमा शक्ति प्रदान गर्ने हुँदा मानव शरीरका लागि अत्यन्तै महत्त्वपूर्ण रहेकाे बताउँदै खीर खाने परम्परालाई कायम राख्नु पर्ने बताए । उनले मानव शरीरमा प्रत्यक्ष सम्बन्ध राख्ने खीर खाने बानी बसाल्न अाग्रह गरे । जिल्ला उपाध्यक्ष तथा साधना केन्द्रका प्रशिक्षक शाेभा ज्ञवालीले यस खीर खाने परम्पराले शारीरिक फाइदासँगै सबै माझ भेटघाट र रमाइलो हुने बताइन् । उद्यमशील साधनका केन्द्रका अध्यक्ष शान्ति भुर्तेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष अम्बिका खनालकाे स्वागत र उद्यमशील ट्रेनिङ सेन्टरका सचिव माधव गैरेकाे सञ्चालनमा सम्पन्न भएकाे थियो । सेन्टरमा गत महिना अघिदेखि याेग कक्षा सञ्चालन भइरहेको छ भने अब छिट्टै नै फाेटाेग्राफी , इलेक्ट्रिसियन , उद्घाेषण तथा भाषणकला , टिम विल्डिङ, लेखन तथा चित्रकलाका कक्षाहरू सञ्चालन हुने सेन्टरले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, साउन १६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्