लुम्बिनी ‚बागमती र कर्णाली प्रदेशका प्रमुखले लिए शपथ

लुम्बिनी ‚बागमती र कर्णाली प्रदेशका प्रमुखले लिए शपथ

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीनवटा प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

 

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले शपथ लिएका हुन्।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीगण र विशिष्ट व्यक्तित्वको उपस्थिति थियो।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को यही साउन १४ गतेको बैठकको निर्णय एवं सिफारिशमा बुधवार बागमती‚ लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेका थिए।

 

प्रकाशित मिति : बिहिबार, साउन १७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij