कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडौं –  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।

 

नतिजा प्रकाशनको लागि आज बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ। १० बजे बस्ने बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए।

बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले प्राविधिक त्रुटी वा केही भैपरी नआएमा आजै नतिजा प्रकाशन हुने सम्भावना रहेको जनाकारी दिए।

गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए।

देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन्। गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुनेछन्। जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुनेछन्।

 

प्रकाशित मिति : शुक्रबार, साउन १८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij