अबदेखि +२ मा मानविकी तथा व्यवस्थापन विषय पढेकाहरूले पनि जनरल रजिस्टर नर्स अध्ययन गर्न पाउने

अबदेखि +२ मा मानविकी तथा व्यवस्थापन विषय पढेकाहरूले पनि जनरल रजिस्टर नर्स अध्ययन गर्न पाउने

काठमाडौँ : अबदेखि नेपालमा जनरल रजिस्टर नर्सको पनि पढाइ हुने भएको छ। हाल नेपालमा एसइई पछि अध्ययन गर्ने स्टाफ नर्स (पीसीएल नर्सिङ), प्रमाणपत्र मिड्वाइ र ‌+२ मा विज्ञान विषय लिएर पढेकाहरूले मात्रै पढ्न पाउने बिएस्सी नर्सिङ र पिसीएल नर्सिङ पढेकाहरुले स्नातक तहमा पढ्न पाउने बिएन नर्सिङ कार्यक्रम मात्रै सञ्चालनमा रहेको छ।

अब भने +२ मा मानविकी तथा व्यवस्थापन जुनसुकै विषय लिएर अध्ययन गरेकाहरूले पनि त्यसपछिको अध्ययनमा नर्सिङ शिक्षा पढ्न इच्छा देखाए चिकित्सा शिक्षा आयोगले नेपालमा जनरल रजिस्टर नर्सको कार्यक्रम सुरु गर्ने भएको हो।

आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झाले नर्सिङको नयाँ कार्यक्रम सञ्चालन गर्ने तयारी भएको बताए। ‘यसले गर्दा अब नेपालमा तीन विधामा नर्सिङ अध्ययन हुने भएको हो। हामीले नर्सिङ शिक्षाको नयाँ शैक्षिक कार्यक्रम जनरल रजिस्टर नर्सको अध्ययन सुरु गर्न लागेका हौँ’‚ उनले भने।

विदेशमा जनरल रजिस्टर नर्सको अध्ययन गर्ने व्यवस्था भएको र त्यही अध्ययन गर्न वर्षेनि नेपालबाट धेरै जाने भएकाले त्यसलाई आकर्षित गर्न स्वदेशमा जनरल रजिस्टर नर्सको पठनपाठन सुरु गर्न लागिएको हो । तीन वर्षको यो कोर्ष प्रि-युनिभर्सिटी सरहको हुने आयोगले जनाएको छ।

आयोगले नयाँ कार्यक्रमका लागि तीनवर्षे जनरल नर्सिङ पाठ्यक्रम स्वीकृत गरिसकेको र अब शिक्षा मन्त्रालयसँग अध्ययनको अनुमति लिएपछि हाल नर्सिङ शिक्षा अध्यन गराइरहेका कलेजहरूले तीनवर्षे जनरल नर्सिङ अध्ययन गराउन पाउनेछन।

यसअघि आयोगले नेपालमा नर्सिङ शिक्षा अध्ययनको अवस्था र परिमार्जन गर्न के कस्ता उपाय अपनाउन सकिन्छ भन्ने आयोगले नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष सरला केसीको संयोजकत्वमा गठन गरेको नर्सिङसम्बन्धी कार्यदल गठन गरी अध्ययन गरेको थियो। उक्त कार्यदलले पनि आयोगलाई कक्षा १२ पूरा गरेपछि जनरल नर्सिङ कार्यक्रम सञ्चालन गर्न विज्ञ सम्मिलित कार्यदलले सुझाव दिएको थियो।

हाल छिमेकी देश भारतमा पनि प्लस टू अध्ययन गरेपछि मात्रै नर्सिङ शिक्षा अध्ययन गर्न पाउने व्यवस्था रहेको छ।

नेपालमा चिकित्सा शिक्षा ऐन, २०७५ ले प्रमाणपत्रमुनिका अनमी, सीएमएलगायत स्वास्थ्यसम्बन्धी कार्यक्रम ‘फेज आउट’ गरिसकेको अवस्थामा यी स्वास्थ्यकर्मीको आवश्यकतालाई जनरल नर्सिङ अध्ययन गरेका जनशक्तिले उनीहरूको आवश्यकता पूरा गर्न सक्ने हुँदा पनि नर्सिङ शिक्षाको नयाँ कार्यक्रम लागू गर्न लागिएको आयोगले जनाएको छ।

हाल चिकित्सा शिक्षा आयोगले सिट निर्धारण गर्दै देशभरका मेडिकल कलेज तथा प्रतिष्ठानहरूले नर्सिङ शिक्षा पढाउँदै आएका छन्।

जसमा बीएस्सी नर्सिङ अध्ययनतर्फ ६३ मेडिकल कलेजले एक हजार ७२० सिटमा अध्ययन गराउँदै आएको छ। बीएनएसको एक हजार १२० सिटका लागि ३९ वटा कलेजमा, बीएम तर्फको पढाइ ५ वटा कलेजमा एक सय ३० र स्नातकोत्तर नर्सिङ १३ कलेजका २५४ सिटमा र तीनवर्षे पीसीएल नर्सिङको अध्ययन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) सहित ५२ शिक्षण संस्थामा २ हजार ८० सिट, प्रमाणपत्र मिड्वाइफ अध्ययनतर्फ न्याम्स र महाराजगन्ज नर्सिङ कलेजमा गरी ६० सीटमा अध्यापन हुँदै आएको छ।

तर तीनवर्षे जनरल नर्सिङ तर्फ कुन-कुन कलेजमा कति सिट निर्धारण गरिने भन्ने विषय अहिले टुंगो नलागेको र यो शिक्षा मन्त्रालयले पूर्ण अनुमति दिएपछि सिट निर्धारण गरिने आयोगले जनाएको छ।

प्रकाशित मिति : शुक्रबार, साउन २५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij